प्रत्येक महिला एक भरपर्दो पुरुष साथीको खोजीमा हुन्छन् । जसले उनीहरुलाई मिजासपूर्ण सल्लाह देओस, सपिङ गर्न लैजाओस्, अलि अलि जिस्काओस् पनि । यहाँ प्रत्येक महिलाले चाहने ५ प्रकारका पुरुषको चर्चा गरिएको छ ।

१ हरेक पल खुशी

यस्तो पुरुष आफू पनि खुशी हुन सक्छ र अरुलाई पनि खुशी राख्न सक्छ । सबै कुरा विग्रिसक्दा पनि खुशीको वातावरण कायम राख्न सक्ने आदर्श पुरुषको खोजिमा हरेक महिला हुन्छन् । यस्ता पुरुषले महिलालाई बाहिरी भन्दा पनि भित्री सौन्दर्यको महत्व बुझाउन सक्छन् ।

men woman

२ खुला

हरेक स्त्रीले आफ्नो पुरुष खुला दिमाग र इमान्दार होस् भन्ने चाहन्छे । समस्या नै पर्दा पनि खुला दिमागले सुल्झाउन सक्ने र महिलाका समस्या समेत बुझ्ने पुरुष हरेक महिला चाहन्छन् ।

 

३ फकाउन जान्ने

पत्नि वा प्रेमिका ठुस्किइ भने अफू पनि ठुस्किने पुरुष महिलालाई मन पर्दैन । रिसाउँदा पनि फकाउन जान्ने पुरुषको खोजिमा हुन्छन् महिला । त्यति मात्र होइन आफूले पैदा गरेका समस्या समेत समाधान गर्न सक्ने पार्टनरको खोजिमा रहन्छन् महिला ।

man with beautiful woman

४ प्रेम र सेक्स मिसाउन सक्ने

महिलाहरुलाई सेक्समा मात्र ध्यान दिने पुरुष मन पर्दैन । तर प्रेममा मिसाएको सेक्स भने उनीहरुले स्वीकार गर्छन् । महिलाहरु विस्तारै मायासहित यौनिक क्रिडामा पुर्‍याउने पुरुष चाहन्छन् ।

 

५ साहसी
महिलाहरु आफू जस्तो सुकै भएपनि अलिकति खतरा मोल्ने र साहसी पुरुष मन पराउँछन् । उनीहरुलाई ट्रेकिङ लैजाने वा बाइक राइड गराउने पुरुष मन पर्छ ।