शास्त्रहरुमा पति र पत्निको सम्बन्ध र उनीहरुले पालना गर्नु पर्ने अनुशासनको विषयमा चर्चा गरिएको छ । पति पत्निबीच अनुशासनको सम्बन्ध नभए सम्बन्ध धरापमा पर्ने र अनेक झन्झट आइलाग्ने शास्त्रमा उल्लेख छ ।

 

शिव पुराणमा पत्निले पालना गर्नु पर्ने अनुशासनको बारेमा यस्तो भनिएको छः

 

१ पति बुढो वा रोगी भो भन्दैमा उसको साथ छोड्नु हुँदैन । जीवनमा सुख र दुःख सँगै भोग्ने कसमसहित सात फेरो लगाएर बनेको सम्बन्ध समस्या आउँदा तोड्ने पत्नि खराव भनिएको छ ।

 

२ पतिको नाम लिनु शास्त्रमा नराम्रो भनिएको छ । पति अन्यत्रै गएको समयमा श्रृंगार गर्ने महिलालाई समेत शिव पुराणमा खराव भनिएको छ ।

husband-wife

३ पतिलाई छलेर पार्टी वा उत्सव मनाउन जाने र अवेर आउने स्त्रीलाई पनि शास्त्रमा खराव भनिएको छ ।

 

४ रजश्वला भएको समयमा पतिसँग संसर्ग गर्न खोज्ने र गर्ने स्त्रीलाई शास्त्रमा पापीनी भनिएको छ ।

 

men women romantic

५ समझदार पत्निले पतिलाई सुख पर्दा मात्र होइन दुःख पर्दा पनि उत्तिकै आदर र मायाँ गर्नु पर्छ । समस्या पर्ने वित्तिकै पतिलाई छुद्र बचन बोल्ने स्त्रीलाई खराव भनिएको छ ।

 

६ शिव पुराणमा पतिका गोप्य कुरा अरुसँग खोल्ने स्त्रीलाई पनि खराव भनिएको छ ।

 

७ पति र आफूबीचका यौनिक क्रिडाका ब्यवहारबारे अरुसँग चर्चा गर्नु पनि अनुशासनहिनता मानिन्छ ।