हिन्दू धर्मग्रन्थ गीता को शुत्र छ ‘योगः कर्मसु कौशलम्’ अर्थात जुन काम गर्नु हुन्छ एकदम लागेर गर्नुस् । यो श्लोकको अर्थ जुन काम गर्नु हुन्छ त्यसमा पुरै ध्यान लगाउनुस्, दक्षता, कुशलता सबै त्यसमै लगाउनुस् ।

not to do things in life

फरक फरक काम गरेर टाउको दुखाउने मानिस सँधै असफल हुन्छ । यस्ता मानिसले स्वास्थ्य, सन्तोष र सुख महसुस् पार्न सक्दैनन् । आजकल सबैको जीवन दौडधुपमा वित्छ । जिम्मेवारीका कारण मानिसहरुलाई खाना, स्वास्थ्य वा आरामका लागि पनि समय पुग्दैन ।

 

धर्म ग्रन्थका अनुसार हाम्रो जीवनमा हम्रो जीवन खाना मात्र नभएर ध्यान, योग, विचार, अध्ययन, चिन्तनमा समेत आधारित हुन्छ ।

शास्त्रमा सांसारिक दृष्टिबाट शारीरिक परिश्रम र पुरुषार्थको पनि महत्व बताइएको छ । अल्छी बनेर बसिरहनु भन्दा पनि शारीरिक परिश्रम गर्नु नै राम्रो रहेको शास्त्रमा उल्लेख छ ।

 

शास्त्रमा यी ५ काम भुलेर पनि गर्न नहुने उल्लेख छ ।

१ अति गर्नु हुँदैनः
कुनै पनि काम अति गर्नु हुँदैन । जतिसुकै राम्रो काम भएपनि अति गर्दा राम्रो नहुने धर्मग्रन्थमा उल्लेख छ । त्यसैले संस्कृतमा श्लोक नै छ अति सर्वत्र वर्जते अर्थात कुनै पनि काम बढी गरियो भने त्यसले दुःख निम्त्याउँछ । भोजन देखि यौन क्रिडा सम्म यही नियम लागु हुन्छ ।

२ नखाने खानाः
शास्त्रमा खान हुने र खान नहुने काम उल्लेख छ । यसैले यथासम्भव सादा, शाकाहारी र ताजा भोजन ग्रहण गर्नु राम्रो भनिएको छ । यसले स्वास्थ्यका लागि राम्रो गर्छ ।

not to do things in life 3

३ प्राणिको हिंसाः
धर्मशास्त्रका अनुसार अहिंसा नै सुखको आधार हो । जुन ब्यक्तिमा समवेदना, दया र भावना हुँदैन उ कहिल्यै सुखी हुन सक्दैन । बैज्ञानिक हिसावले पनि प्राणि हिंसा नराम्रो मानिएको छ । हिँसाले अशान्ति निम्त्याउने नीतिमा उल्लेख छ ।

 

४ बेकारका काममा लाग्नुः

नीतिले नराम्रो नै भए पनि काम नै गरेर समय विताउनु उत्तम भनेको छ । खाली बस्दा उर्जा वेकारमा नष्ट हुने र नकारात्मक काममा दिमागमा आउँछ । बढी सोंच्ने मानिस निराश र नकारात्मक विचारका हुन्छन् ।

 

५ अरुको धन खाइदिनुः

अरुको धन हडपेर खानु पाप हो । स्वार्थ पुर्तिका लागि अरुको धनमाल लुट्ने नियत राख्नु । अरुले मेहनतले कमाएको पैसा खाइदिनु पाप भएको शास्त्रमा उल्लेख छ ।

not to do things in life 1

यी ५ कुरा जीवनमा गर्नु हुँदैन ।