यदि तपाइँको वियर पिउने बानी छ भने राम्रो । तर पिउनु हुन्न भनेपनि तपाइँलाई वियर खाँदा यति धरै फाइदा छन् भन्दा अनौठो लाग्ला । अमेरिकामा हालै गरिएको एक अध्यनले वियर विउने मानिसलाई मृगौलाको पत्थरी हुने खतरा नखानेको तुलनामा निक्कै कम हुन्छ ।

यहाँ वियर विउँदा १० फाइदा बारे चर्चा गरिएको छ ।

beer benefit 2

१ थोरै मात्रामा वियर पिउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । अल्कोहलको मात्रा बढी हुँदा स्वास्थ्यमा खरावी हुने कुरा सबैलाई थाहा छ । तर ठिक्क मात्रामा वियर पिउँदा भने स्वास्थ्यका लागि राम्रो हुने नयाँ अध्यनले देखाएको छ ।

२ वियर दुध वा जुस जत्तिकै प्राकृतिक हो । यसमा कुनै अप्राकृतिक तत्व हुँदैन । यसमा अल्कोहल र होप्स हुन्छ । यी दुवै प्राकृतिक हुन् । जसरी पाउरोटी बन्छ त्यसरी नै बन्छ वियर पनि ।

३ वियरमा फाइवरको मात्रा बढी हुन्छ । जसले तपाइँको पेटलाई स्वस्थ राख्छ । शरीरमा हुने कुनै पनि प्रकारको समस्यालाई समेत वियरले समाधान गरिदिन्छ ।
कठोर परिश्रम गर्नु अघि केही मात्रामा वियर पिउँदा यसले शक्ति प्रदान समेत गर्छ ।

४ वियर नियमित पिउँदा शरीरमा पानीको कमी हुने खतरा हुँदैन । अमेरिकाको खाद्य विभागले समेत वियरलाई पानीको विकल्पकोरुपमा स्वीकार गरेको छ । दिनमा एउटा वियर पिउँदा पानीको मात्रा ह्वात्तै बढ्छ ।

५ वियरले तपाइँलाई चिन्ता मु्क्त बनाउँछ । यसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने हुँदा तपाइँलाई हलुका महसुस हुन्छ । साथीसँग बसेर वियर पिएपछि तपाइँले फ्रेस महसुस गर्ने कारण पनि यही हो ।

beer benefit 1

६ वियरमा भिटामिन बी हुन्छ । भिटामिन बी र फोलिक एसिडले मुटुजन्य रोग र हृदयघातको खतरा समेत कम गर्छ ।

७ वियर बनाउने प्रक्रिया निक्कै प्रभावकारी छ । यसको प्याकिङ पनि सुरक्षित हुन्छ । यसको प्रशोधनको प्रक्रियाका कारण यो सुरक्षित खाद्य मध्ये एक हो । वियरलाई पानी भन्दा पनि सुरक्षित पेय मानिएको छ ।

८ भिटामिन खानु भन्दा वियर पिउनु उपयुक्त हुने हालै गरिएको एक अध्यनले देखाएको छ । वियरले मुटुको रोग र हृदयघातको खतरा २४ दशमलव ७ प्रतिशतले कम हुन्छ ।

९ वियर र स्वास्थ्यबीच सम्बन्ध छ । वियरमा पाइने एक्‍थोह्यूमल भनिने तत्वले शरीरमा क्यान्सरसँग लड्ने क्षमता वृद्धी गर्छ । जर्मनीमा क्यान्सरबाट बँच्न मानिसहरु वियर पिउँछन् ।

१० युनिभर्सिटी अफ लण्डन कलेजमा गत वर्ष गरिएको एक अध्यनले वियर खाँदा मोटो पन बढ्ने भन्ने मान्यता गलत भएको देखाएको छ । वियरले शरीरमा पाचन शक्ति भने बढाइदिन्छ । जसले भोक बढ्ने समस्या भने हुने शोधकर्ताहरुको भनाइ छ ।

स्वास्थ्यका लागि वियर पिउनुस् ।

 

यो पनि हेर्नुस् 

 

पुरुषलाई वियर पिउँदा फाइदै फाइदा