राम्रो स्वास्थ्य र सुन्दर शरीरका लागि दिनहुँ नुहाउनु अनिवार्य जस्तै मानिन्छ । जुन ब्यक्तिले दिनहुँ नुहाउँछन् उनीहरुले स्वास्थ्य र अध्यात्मिक हिसावले समेत लाभ प्राप्त गर्ने बताइन्छ ।

ruling of bathing
शास्त्रमा सूर्योदय भन्दा ठिक अघि स्नान गर्नु सबै भन्दा राम्रो मानिएको छ । ऋषि-मुनीहरु पनि सूर्योदय अघि नै स्नान गर्थे ।

स्नान पछि सूर्यलाई जल अर्पण गर्ने चलन पनि छ । सूर्योदय अघि नै स्नान गरेर जल अर्पण गर्दा मनमा शान्ति हुने र दिनभर स्फुर्ती रहने शास्त्रमा उल्लेख छ ।

शास्त्रमा उल्लेखित नुहाउने विधीः

देव स्नान- सबै ब्यस्त रहने भएकाले आजकल अधिकांश मानिस सूर्योदयपछि नै स्नान गर्छन् । तर सूर्योदय अघि नुहाउने कार्यलाई देव स्नान भनिन्छ । नुहाउँदा विभिन्न मन्त्र जप्ने र नदीको नाम लिने समेत विधी शास्त्रमा उल्लेख छ ।

नुहाउने क्रममा टाउकोमा भन्दा जिउमा पहिले पानी हाल्ने कामलाई पनि अशुभ मानिएको छ । नुहाउँदा शरीरमा भन्दा पहिले टाउकोमा पानी हाल्नु बैज्ञानिक दृष्टीले समेत राम्रो मानिन्छ । हाम्रो शरीरमा गर्मी शीरबाट उत्पनन् भएर खुट्टा सम्म पुग्ने भएकाले नुहाउँदा शीरमा पानी हालेर पछि जिउमा हाल्दा शितलता पनि त्यसरी नै प्रसारित हुन्छ ।

ruling of bathing 1

ब्रह्म स्नान
विहान ४ देखि ५ बजेको विचमा गरिने स्नानलाई ब्रह्म स्नान भनिन्छ । यो समयमा नुहाउने ब्यक्तिलाई इष्ट देव र कुलायनको विशेष कृपा प्राप्त हुने विश्वास गरिन्छ । ।

ऋषि स्नान

आकाशमा तारा भएकै समयमा विहान सवेरै नुहाउने कार्यलाई ऋषि स्नान भनिन्छ । यो स्नानलाई पनि निक्कै उत्कृष्ठ मानिएको छ ।

bathroom rule
दानव स्नान
साँझ वा सूर्यास्त पछि नुहाउने कार्यलाई सबै भन्दा अशुभ मानिन्छ । सूर्योदयको समयमा वा रातिको समयमा नुहाउने कार्यलाई दानव स्नान भनिन्छ । शास्त्रमा ब्रह्म स्नान, देव स्नान या ऋषि स्नान गर्नु राम्रो भनेको छ । यही सर्वश्रेष्ठ स्नान हो ।

रातिको समयमा नुहाउनु बैज्ञानिक र धार्मिक दृष्टिले खराव र अशुभ मानिएको छ ।