कुनै पनि पुरुषलाई सुन्दरी स्त्री नजिक हुँदा संसार नै फरक लाग्छ । तर यस्तै सुन्दरी महिलाको संगत पुरुषका लागि घातक हुने एक अध्यनले देखाएको छ ।

डेलीमेलमा प्रकाशित एक शोधका अनुसार आकर्षक महिलासँगै रहेका पुरुषले अत्याधिक धुम्र पान गर्छन् भने । राम्री स्त्री सँगै हुँदा उनीहरुको इच्छा शक्तिपनि कमजोर हुन्छ र गर्दिन भनेको काम समेत गर्छन् । जस्तै चुरोट पिउन छोड्ने बाचा ।

men with beautiful woman

ताइवानको काओसियुङ विश्वविद्यालयमा गरिएको शोधमा आकर्षक महिलाहरुसँगै हुँदा पुरुषको इच्छाशक्ति एकदम कमजोर हुने तथ्य शोधकर्ताहरुले पत्ता लगाएका हुन् ।

यो अध्यनमा ७२ पुरुषलाई सुन्दर महिलासँग सँगै राखेर लामो समय सम्म अध्यन गरिएको थियो । अध्यनका क्रममा सुन्दर महिलालाई देखेपछि पुरुषले धुम्रपान गरेको पाइयो । त्यस्तै उनीहरुमा यौन, प्रेम लगायतका भावना प्रवल हुने समेत समस्या देखियो ।

men with beautiful woman 1

यो शोध इभोल्यूशन एण्ड ह्यूमन बिहेवियर जर्नलमा प्रकाशित गरिएको छ ।