पानी जीवन हो भन्दा पनि अतियुक्ति हुँदैन । पानी विना हामी केही बेर समेत रहन सक्दैनौं । तर पानी जुन बेला पायो त्यही बेला भने पिउन नहुने आयुर्वेदमा उल्लेख छ । पूर्वीय दर्शनको औषधी विज्ञान नै मानिने आयुर्वेदले पानी कुन कुन बेला पिउँदा घातक भनेर उल्लेख गरेको छ ।

drinking water 3

 

आयुर्वेदमा उल्लेखित र विशेषज्ञ चिकित्सकहरुले समेत सही ठानेका पानी पिउन नहुने १० अवस्था यहाँ चर्चा गरिएको छ ।

 

१ अति नै थाकेको बेलाः एकदम थाकेको समयमा वा पसिना आउने गरी श्रम गरे लगत्तै पानी पिउनु घातक हुन्छ । केही समय विश्रामपछि मात्र पानी पिउनु पर्छ ।

 

२ दौड या ब्यायामपछिः दौडेपछि वा ब्यायाम अर्थात शारीरिक अभ्यास लगत्तै पानी पिउनु हुँदैन । शारीरिक अभ्यासपछि असिन पसिन भएको भएपनि केहीबेर विश्राम गरेर मात्र पानी पिउनु पर्छ ।

drinking water 4

३ मैथुन कार्य गर्ने वित्तीकैः यौन क्रिडा गरे लगत्तै पनि तत्कालै पानी पिउनु हुँदैन । केही बेरपछि मात्र पानी पिउनु पर्छ ।

 

४ अति नै भोक लागेको बेलाः अति नै भोक लागेको बेलामा पानि पिउनु घातक हुन्छ । अति भोकपछि केही खाना खाएपछि मात्र पानी पिउनु पर्छ ।

 

५ शरीर असजिलो अवस्था वा आसन मा छ भने साथै सुतेको अवस्थामा पनि पानी पिउनु हुँदैन

 

६ खाना खानु तुरुन्त अगाडी र तुरुन्त पछाडी पानी पिउनु स्वास्थ्यका लागि घातक मानिन्छ ।

 

७ अति तातो चिज खाने वित्तिकै पानि पिउनु वर्जित छ । केही बेरपछि मात्र पानी पिउनुस् ।

 

८ पानी पिए लगत्तै सत्नु अहितकर मानिन्छ ।

 

९ फलफुल खाएपछि पानी पउनु राम्रो मानिदैन । फलफुल खाएको केही बेरमा मात्र पानी पिउनु राम्रो मानिन्छ ।

drinking water 2

१० सुर्ती चुरोट धुवाँ तथा खैनी गुट्खा सुपारी सँगै पानि पिउनु घातक मानिन्छ ।