१४ मङ्सिर, कञ्चनपुर ।

आफ्नै बाबुलाई काठको चिर्पटले हिर्काएर मरणासन्न अवस्थामा पु-याउने कञ्चनपुरको पिपलाडी–६ का दीपक चौधरीलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

 

अंश विवादमा चौधरीले आफ्ना बाबु ६८ वर्षीय कल्लु चौधरीलाई काठको चिर्पटले हिर्काएका थिए । टाउकोमा लागेको गम्भीर चोटका कारण कल्लुको स्वास्थ्य स्थिति चिन्ताजनक बनेको छ ।

 

कल्लुलाई उपचारका लागि कैलालीको सेती अञ्चल अस्पतालमा लगिएको छ । दीपकलाई पक्राउ गरी हिरासतमा राखेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक लालबहादुर ऐरले बताए ।