जीवनमा प्रेममा पर्ने र प्रेममा विछोडिने कथा धेरैसँग हुन्छ । अधिकाँश मानिस प्रेम सम्बन्ध टुटेपछि विक्षिप्त हुन्छन् । यदि तपाइँ पनि यस्तो अनुभव गर्नु भएको छ भने तपाइँका लागि खुसीको खवर छ । विश्लेषकहरुले ब्रेकअप जीवनको रात भएपनि बाँकि जिन्दगी विहानी भएको बताएका छन् । एक अध्यनले प्रेम सम्बन्ध टुट्दा १० फाइदा हुने कुरा बाहिर ल्याएको छ ।

यस्ता छन् प्रेम टुट्दा हुने १० फाइदा

१ मनको सफाइः ब्रेकअपले मनका सबै पुराना यादहरु निकालेर मनलाई सफा पार्छ । यसको प्रभाव राम्रो हुने मनोचिकित्सकहरु बताउँछन् । अंग्रेजीमा काथर्सिस (catharsis) भनिने मन माझ्नका लागि प्रेम सम्बन्ध टुटेको समय सबै भन्दा राम्रो मानिन्छ ।

breakup benefits

२ नयाँ सम्बन्धको शुरुवातः प्रेम सम्बन्ध टुटेपछि तपाइँले साथीको महत्व बुझ्नु हुन्छ र नयाँ साथी बनाउनु हुन्छ । प्रेमी वा प्रेमिका हुँदा वेवास्तामा परेका साथीहरु समेत प्रेम सम्बन्ध टुटेपछि भने महत्व पाउँछन् जसले जीवनमा सहजता ल्याउँछ ।

३ पार्टनररुपी GPS बाट छुट्काराः जव तपाइँ प्रेममा हुनुहुन्छ तपाइँ कहाँ जाने के खाने के गर्ने सबै कुरा प्रेमी वा प्रेमीलाई निक्कै चासो पर्छ । तर प्रेम सम्बन्ध टुटेपछि तपाइँ स्वच्छन्द हुन पाउनु हुन्छ र कहाँ गयो के गर्‍यो भनेर चासो लिने र रिसाउने कोही हुँदैन ।

 

४ पेटको सफाइः शोधकर्ताहरुले प्रेम टुटेका ब्यक्तिहरुको पेटका समस्या समाधान हुने दावी गरेका छन् । प्रेम सम्बन्धमा हुँदा बाहिर जाने र बाहिरका खाना खाने भएपनि एक्लै हुँदा त्यस्तो बानी कम हुने तथा जीवन नियमित हुने हुँदा पेटका समस्या समाधान हुने उनीहरुको दावी छ ।

breakup benefits 1

५ आफूलाई मन लागेको फिल्मः प्रेममा हुँदा पार्टनरलाई मन पर्ने कुरा गर्नु पर्छ । फिल्म हेर्दा पनि आफूलाई मन नपर्दा समेत अरुको लागि फिल्म हल पुग्नु पर्ने हुन्छ । प्रेम सम्बन्ध टुटेपछि त्यसको झन्झट पर्दैन । तपाइँले मन लागेको कुरा मात्र गर्न पाउनु हुन्छ ।

 

६ पैसाको बचतः यो त भन्नै पर्दैन कि प्रेम सम्बन्ध टुटेपछि पैसा बचत हुन्छ । महंगो रेष्टुरेन्टमा जाने वा सरप्राइज गिफ्ट भन्दै महंगा उपहार दिने झन्झट हट्छ ब्रेकअपले ।

 

७ आँखा डुलाउन पाइन्छः प्रेम सम्बन्धमा हुँदा बाटोमा सुन्दर युवक वा युवती देख्दा हेर्न पनि सोंच्नु पर्छ । तर प्रेम सम्बन्ध टुटेपछि पनि यस्ता कुरामा ख्याल गरिरहनु पर्दैन । केटी हेर्दा प्रेमिका रिसाउली कि भन्ने टेन्सन समेत यसपछि अन्त्य हुन्छ ।

 

८ आराम पाइन्छः विहान उठ्दा उठ्दै गुड मर्निङ र सुत्ने बेला सम्म पनि मेसेज रिप्लाइ गर्नु पर्ने बाध्यता ब्रेकअपपछि अन्त्य हुन्छ । चाहेको बेला मुख ढाकेर सुत्न र उठेर पनि आफुलाई मन लागेको कुरामा ध्यान दिन पाइन्छ ।

breakup benefits 2

९ पुस्तकको भारी हट्छः तपाइँले प्रेम सम्बन्धमा हुँदा चाहेर पनि चाहेका पुस्तक वा लेख पढ्न सक्नु हुन्न । तर जव सम्बन्ध टुट्छ तपाइँलाई पढ्ने प्रशस्त फुर्सद हुन्छ । तपाइँको शिरानीबाट पुस्तकको भारी हट्छ ।

 

१० गीतको अर्थ बुझिन्छः प्रेममा विछोडिएपछि मानिसहरु कवि हुन्छन् वा धेरै गीत सुन्छन् । यतिबेला नै यस अघि ख्याल नै नगरेका गीतका अर्थ बुझिन्छ खासगरी नारायाण गोपाल वा रफीका विराह लाग्दा गीत त सबै भन्दा प्रिय हुन्छन् ।