१६ मंसिर, काठमाडौँ ।

पत्रकार एवं चर्चित रचनाकार सूर्य कुमार क्षेत्रीलाई ब्रेन ट्युमर भएपछि उपचारका लागि आर्थिक अभाव भएको परिवारले बताएको छ । नेपाल प्रेस युनियनका सचिव तथा सक्रिय पत्रकार एवम् सर्जक सुर्य कुमार क्षेत्रीलाई ब्रेन ट्युमर भएको पुष्टि मंगलबार भएको हो ।

surya kumar chhetri

अहिले उनको अन्नपूर्ण अस्पताल माईतीघरमा उपचार चलिरहेको छ । ब्रेन ट्युमरको उपचारका लागि शल्यक्रिया गर्ने तयारी भैरहेको भएपनि उपचारका लागि आवश्यक पर्ने रकम अभाव भएको भन्दै परिवारले सहयोगको अपिल गरेको छ ।

 

क्षेत्री नेपाली कला डटकमका संपादक समेत हुन् ।