एजेन्सी ।

भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री बनेको ६ महिना भैसकेको छ । मोदीले नेपालमा २ पटक सम्म भ्रमण गरिसके र धेरै उपदेश समेत दिए । तर जवर्जस्त हिसावले बहुमत पाएर सत्तामा आएका मोदीले सत्तामा ६ महिना गुजारेपछि उनको सफलता र असफलताका चर्चाहरु शुरु भएका छन् । सत्तामा आउने वित्तिकै मोदीले चर्को चर्को स्वरमा केही अभियानको घोषणा गरेका थिए । भारतीय अर्थतन्त्र सुधार्ने र उद्योगलाई माथि उकास्ने घोषणा मोदीले गरेका थिए । तर जति कोशिस गरेपनि मोदी सरकारले आफ्ना एजेण्डामा नराम्रो झट्का ब्यहोरिरहेको छ । मोदीले सरकारमा आएपछि एउटा नारा लोकप्रिय पारे । ‘मेक इन इण्डिया’ । मोदीले संसारलाई मेक इन इण्डियाको आह्वान गरे । नोकिया जस्तो कम्पनीलाई भारतबाट विदा गरिदिए । देशको जनसंख्यालाई बैंकसँग जोड्ने अभियान थाले । तर यही अवधिमा सरकारी बैंकहरु कर्जामा चुर्लुम्म डुवेका छन् ।

Modi fails in 6 points

१. मेक इन इण्डिया

मोदी सरकारमा आएपछि एउटा नारा लोकप्रिय पारे ‘मेक इन इण्डिया’ । सरकारले यो नारा लञ्च गर्दा कन्स्ट्रक्सन र रेलवे संरचना निर्माणमा नियम खुकुलो बनाइने पनि बतायो । मोदी सरकारले २५ वटा क्षेत्र पनि पहिचान गर्‍यो जसमा भारतको मूख्य भूमिका हुन सक्थ्यो । मोदीले मेक इन इण्डियामार्फत ब्यापक रोजगारी सृजना गरिने पनि बताए । तर मोदीको मेक इन इण्डियालाई फिनल्याण्डको मोबाइल कम्पनी नोकियालाई विदा मागेर स्वागत गर्‍यो । नोकियाले भारतको चेन्नईस्थित श्रीपेरम्बुदूरमा रहेको एकलौटी मोबाइल ह्याण्डसेट म्यानुफ्याकचरिङ प्लान्ट नै बन्द गरिदियो । आफ्ना ८००० कर्मचारीको भविष्य अन्धकारमा परेको भन्दै नोकियाले उत्पादन बन्द गरेपछि यसको असर भारतमा पर्‍यो । त्यसपछि सबै भन्दा धेरै गाडी उत्पादन गर्ने मध्येको एक मारुती सुजुकी इण्डियामाको गुजराँत फ्याक्ट्रिमा पनि तनाव शुरु भयो । घरेलु कम्पनीहरु माइक्रोम्याक्स र कार्बनले समेत देशभित्रै उत्पादन शुरु गर्ने कुरा गरेका छैनन् ।

 

२. डि‍जि‍टल इंडि‍या
मोदी सरकारले सन् २०१६-१७ सम्म २ लाख ५० हजार पन्चायतलाई फाइवर अप्टिक ब्रोडब्याण्ड नेटवर्कले जोडने लक्ष्य राखेको छ । यसले निजी क्षेत्रलाई उत्साहित तुल्यायो पनि । डिजिटल इण्डिया मोदीको सबै भन्दा ठूलो कार्यक्रम समेत हो । जसमा प्रत्येयक घरमा नेट पुर्‍याउने लक्ष्य राखिएको छ । तर भारतको भारतमा नेशनल अप्टिकल फाइबर नेटवर्क प्रोजेक्ट पुरा गर्ने जिम्मा भारत ब्रोडब्याण्ड नेटवर्क लिमिटेड कम्पनीलाई दिइएको छ । गत सेप्टेम्बर सम्मको आँकडा हेर्दा कम्पनीले १ दशमलव ८ लाख किलोमिटरका लागि अप्टिकल फाइबर केबल खरीदको अर्डर गरेको छ । र त्यसमा केवल १५०० किलोमीटर केबलमात्र आपुर्ति भएको हो । जस अनुसार ६ लाख किलोमिटर केवल विच्छ्याउने लक्ष्यमा केवल २००० किलोमिटर मात्र विच्छ्याइएको छ । यस अनुसार मोदीको लक्ष्य फेल हुने निश्चित छ ।

Modi fails in 6 points 1

 

३. २४सै घण्टा विजुलको बाचा

नरेन्द्र मोदीले चुनावका क्रममा २४ सै घण्टा विजुली उपलब्ध गराउने बाचा गरेका थिए । कोइला आपुर्तिमा रहेको समस्या पनि समाधान गर्ने दावी उनले गरेका थिए । मोदीले बाचा गरेका थिए २४ सै घण्टा विजुली त्यो त पुरा भएन । तर उल्टो विजुलीको भाउ महंगो भयो । कोइलाको समस्या पनि ज्यूँका त्यूँ रहेको छ ।

 

 

४. जनधन योजना

मोदीले प्रधानमन्त्री भएपछि जनधन योजना अघि सारे । सबै जनतालाई वित्तीय सुविधा दिने भन्दै सबैलाई बैंकमा खाता खोल्न आह्वान गरियो । सबैलाई डेविट कार्ड दिने र १ लाख रुपैयाँको विमा समेत गरिदिने भनियो । तर मोदीले चालेको यो कदमले पनि बैंकहरुलाई आकर्षित गर्न सकेको छैन । यो योजनाबाट बैंकहरुलाई खास फाइदा नभएपछि उनीहरुले चासो नदिँदा मोदीको यो योजनाले पनि झट्का ब्यहोरेको छ । राष्ट्रिय स्तरका बैंकहरुले खराव कर्जाका कारण चुर्लुम्म डुब्ने अवस्थामा छन् ।

Modi fails in 6 points 2

५ किसानलाई बाचा मात्र

मोदीले भारतीय किसानलाई सबै भन्दा बढी वाचा दिएर किर्तिमान कायम गरे । बजेटमा मूल्य स्थिरता बजेट बनाउने देखि रियल टाइम डाटा दिने सम्मका मोदी योजना पनि अहिले सम्म वाचामै सीमित छ । विभिन्न कृषि उद्योगलाई दिने भनिएको राहत पनि बोलीमा मात्र सीमित छ । सरकारले अहिले सम्म किसानको आशा अनुसारको न्यूनमत समर्थन मूल्य (एमएसपी) बढाएको छैन । किसानहरु मूल्य नपाएर मारमा छन् । उँखु किसान र चिनी उद्योगलाई दिने भनिएको राहत पनि अहिले सम्म दिइएको छैन ।

 

६ आर्थतन्त्रको सुधार

मोदीले सरकारमा आएपछि सबै भन्दा चर्को स्वरमा उठाएको मुद्धा थियो अर्थतन्त्रमा सुधार । मोदीले सरकारी कम्नपी तथा सरकारी बैंकहरुमा शेयर कम गर्ने र सम्पति बढाउने बताएका थिए । तर यस्तो कुरा बोलीमा सीमित भएको छ । यस्तो शेयर विक्री गर्ने मिति अहिले सम्म तय हुन सकेको छैन । उल्टो सन् २०१५ सम्मका लागि तोकिएको राजकोषको घाटा बढेर ९० प्रतिशतमा पुगेको छ ।

 

यी सबै विश्लेषणले मोदी भारतीय प्रधानमन्त्रीकोरुपमा चर्चा गरिएको जति सफल हुन कठिन रहेको देखाएको छ । 

 

एजेन्सी । 

 

यो पनि पढ्नुस् 

मोदी भाषणका डरलाग्दा संकेत