जेलमा रहेका बलिउड नायक सञ्जय दत्त फेरि एक पटक बाहिर आउन चाहन्छन । उनले जेल प्रशासनसँग १४ दिनको छुट्टी मागेका छन ।

sanjay-dutt close up

उनलाई छुट्टी किन चाहियो भन्ने कुरा बाहिर आएको छैन तर पनि यसले यस्तो संकेत देखाएको छ कि सञ्जय अभिनित फिल्म ‘पिके’ छिट्टै नै रिलिज हुने तयारीमा रहेको छ र उनीले यस फिल्मको प्रमोसन गर्न चाहेको बताइन्छ ।

 

सञ्जय दत्तको १९९३ मा सिरियल ब्लास्ट भएको बेला गैरकानूनी रुपमा हतियार राखेको आरोपमा ५ वर्षको जेल सजाय सुनाइएको थियो । जस मध्ये १८ महिना उनले पहिला नै जेल सजाय भोगिसकेका छन ।

 

सञ्जय २०१३ देखि मे १४ सम्म १ सय ८ दिन जेल बाहिर रहेका थिए । अन्तिम पटक भने उनी गत डिसेम्बरमा पत्नी मान्यतासँग विरामी भएको कारण जेलबाट ३० दिनको छुट्टीमा बाहिर आएका थिए ।