एजेन्सी ।

बच्चाको स्वास्थ्य केवल आमासँग मात्र नभएर बाबुसँग पनि सम्बन्धित हुने एक अध्यनले देखाएको छ । हालै गरिएको शोधले बढी गुलियो खाने पुरुषका बच्चा बच्ची मोटोपनको शिकार हुने निष्कर्ष निकालेको हो ।

male with babies 1

जर्मनीका शोधकर्ताहरुले आफ्नो अध्यनपछि गुलियो खानेकुरा खाएर सम्भोग गर्ने पुरुषबाट जन्मिएका बच्चा मोटोपनको शिकार हुने अनौठो तथ्य निकालेका हुन् ।

 

सम्भोग भन्दा एक दुई दिन अघि नै गुलियो पदार्थ खाएको भएपनि त्यस्ता पुरुषका सन्तान मोटोपनको शिकार हुन सक्ने शोधकर्ताको दावी छ ।

male with babies

शोधकर्ताहरुका अनुसार महिलाहरु जस्तै पुरुषको खानपानले पनि उनीहरुका बच्चालाई असर गर्छ । जर्मनीको म्याक्स प्ल्याङ्क इन्स्टीच्यूट अफ इम्यूनोबायोलोजी एण्ड एपिजेनेटिक्सका शोधकर्ताहरुले यस्तो नयाँ तथ्य निकालेका हुन् ।

शोधकर्ता डा. एण्ड्रयू पोस्पिसिलिकले पुरुषको खानपानले समेत बच्चा प्रभावित हुने बताए ।

यो शोध सेल प्रेस जर्नलमा प्रकाशित छ ।