भनिन्छ मरेपछि के हुन्छ कसैलाई पनि थाहा छैन । यसैकारण मृत्युसँग जोडिएका विषय रहस्यका छन् । सबै मानिसको मनमा एउटा प्रश्न सँधै उठ्छ मरेपछि के हुन्छ ? 

तर यो कुरा थाहा पाउन मुस्किल होइन असम्भव नै छ । तर प्राचिन हिन्दु शास्त्र कठोपनिषदमा मृत्यु पछि के हुन्छ भन्ने विषयमा चर्चा गरिएको छ । कठोपनिषदका अनुसार हाम्रो मृत्युपछि पनि हाम्रो आत्मको मृत्यु हूँदैन । किन भने यो कहिल्यै पनि नमर्ने चिज हो ।

after death 3

 

कस्तो हुन्छ आत्माको स्वरुपः

कठोपनिषदका अनुसार मानिसको आत्मा नाश हुँदैन । आत्मा भोग-विलास, नाशवान, अनित्य र जड़ शरीरसँग कुनै लिनु दिनु पनि हुँदैन । यो अनन्त र अनादि एवं दोषरहित छ । यसको कारण पनि छ किन भने यस्को जन्मा पनि हुँदैन मृत्यु पनि हुँदैन ।

 

after death 1
अनि मृत्यु चाँहि के हो ?

कठोपनिषदका अनुसार मृत्यु भनेको केवल शरीरको मात्र मृत्यु हो । शरीरलाई नै सबैकुरा ठान्ने अज्ञानीहरुले मात्र मार्ने र मर्ने कुरामा विश्वास गर्छन् । आत्मालाई त न मार्न सकिन्छ न त यो मर्छ नै । मानिस शरीरलाई नै आफू ठानेका कारण नै जीवनमा दुःख पाउँछ ।

 

मृत्युको समयमा केवल शरीरमा रहेको आत्मा बहिर्गमित हुन्छ । शरीरबाट अर्को शरीरमा प्रवेश गर्ने स्वभाव आत्माको हुन्छ । मृत्युको समयमा शरीरबाट बाहिर निस्केको आत्मा अन्य शरीरको खोजिमा निस्किन्छ । आत्मा नै शरीरको मुख्य कुरा भएका कारण आत्म निस्कनु भनेकै प्राण जानु पनि हो । तर मानिसहरु अज्ञानी भएका कारण मृत्यु हुँदा सबै कुरा मरेको भन्ने ठान्ने कठोपनिषदको भनाइ छ ।

after death 2

मृत्यु पछि के हुन्छ आत्मा ?

मृत्युको समयमा शरीरबाट निस्केको आत्मा शरीरले गरेका कर्म अनुसार अन्य शरीरको खोजिमा निस्कन्छ । राम्रो कर्म गरेको शरीरबाट निस्केको आत्माले बिशिष्ठ शरीरमा प्रवेश गर्छ भने पापी शरीरबाट निस्केको आत्माले पापी शरीर नै भेट्छ । अति पापी आत्मा मानिस नभएर अन्य जनावरको शरीरमा समेत प्रवेश गर्छ । जनावर योनीमा विभिन्न चरण पार गरेर मात्र आत्मा मानिसमा फर्किने कठोपनिषदमा उल्लेख छ । ज्ञान प्राप्ती नभए सम्म यो आत्मा शरीरमा प्रवेश गर्ने क्रम चलिनै रहन्छ । केवल ज्ञान प्राप्तिपछि मात्र यो चक्र बन्द भएर आत्मा परमात्मामा समाहित हुन्छ ।