धर्मशास्त्रका अनुसार प्रकृतिले भविष्यमा हुने घटनाको जानकारी दिन विभिन्न माध्यम बनाएको छ । पशुपंक्षी वा जीवन जन्तु विभिन्न क्रियाकलापको माध्यमबाट हामीलाई भविष्यमा हुने घटनाको जानकारी दिन्छन् ।

 

तपाइँलाई थाहा नहुन सक्छ घरमा भेटिने माउसुली पनि भविष्यमा हुने विभिन्न घटनाबारे जानकारी दिने जीव मानिन्छ । तपाइँले माउसुलीले गरेको संकेत बुझ्नु भो भने सम्भावित घटनाबारे अनुमान गर्न सजिलो हुन्छ ।

भविष्यवाणि सम्बन्धी शकुन शास्त्रमा माउसुलीका निम्न ब्यवहारले यस्ता कुराको संकेत गर्ने उल्लेख छ ।

mausuli sign

१ माउसुली टाउको वा दायाँ हातमा खस्यो भने सम्मान प्राप्त हुने सम्भावना बढ्छ । यद्यपी बायाँ हातमा खस्यो भने चाँहि अशुभ मानिन्छ । यसले धन हानी गराउन सक्छ । तपाइँको शरीरमा माउसुली बायाँबाट दायाँतर्फ माथि गयो भने पदोन्नतीको सम्भावना बढी हुन्छ ।

 

२ नयाँ घरमा प्रवेश गर्ने समयमा यदी माउसुली मरेको भेटियो भने यस्तो घरमा बस्ने रोगी हुने सम्भावना हुन्छ । यस्तो देखेमा पुजा विधीपछि मात्र घरमा प्रवेश गर्नु राम्रो मानिन्छ ।

mausuli sign 1

३ शकुन शास्त्रका अनुसार दिउसो खाजा खाइरहेको समयमा माउसुली देखियो भने र आवाज पनि निकाल्यो भने शुभ समाचार मिल्न सक्छ वा शुभ फल प्राप्त हुन्छ । माउसुलीले दिनमा आवाज निकाल्ने घटना कम हुन्छ किन भने यो रातिमा मात्र कराउँछ ।

 

४ महिलाको बायाँ छेउँमा माउसुली खस्यो भने शुभ हुन्छ तर दायाँतिर खस्यो भने अशुभ मानिन्छ । कसैको दायाँ गालामा माउसुली खस्यो भने भोग विलाश प्राप्ति हुन सक्छ । तर बायाँ गालामा खस्यो भनेचाँहि स्वास्थ्यमा समस्या हुन सक्छ ।

 

५ कुनै ब्यक्तिको नाभी क्षेत्रमा माउसुली खस्यो भने यस्ता ब्यक्तिलाई पुत्रप्राप्ति हुने सम्भावना बढ्छ । तर गोप्य अंग भएको क्षेत्रमा खसेमा भने रोग लाग्ने सम्भावना हुन्छ ।

 

६ यदि माउसुलीले सहवास गर्दै गरेको देखियो भने पुरानो साथीसँग भेट हुन्छ । झगडा गरिरहेको देखियो भने चाँहि प्रियजनसँग विछोड हुन्छ ।

mausuli sign 2

७ माउसुली कुनै ब्यक्तिको पेटमा खस्यो भने यसले अशुभ संकेत गर्छ तर छातीमा खस्यो भने चाँहि भोजन मिल्न सक्छ । घुँडामा खस्यो भने पनि शुभ मानिन्छ ।