पूर्वीय दर्शनमा चाणक्य नीति जीवन सञ्चालनको विधान जस्तै मानिन्छ । चाणक्य नीतिले जीवनमा शान्ति र सुख प्राप्तिका लागि अपनाउनु पर्ने मार्गहरुको बारेमा चर्चा गरएको छ । चाणक्यले जीवनमा ४ कुरा कसैलाई पनि सिकाउन नसकिने र सिकाउने कोशिस गर्नु ब्यर्थ रहेको बताएका छन् ।

never to teach things
दान धर्म

चाणक्यका अनुसार कुनै पनि ब्यक्तिले अरुलाई पैसा वा अन्य बस्तु दिने कि नदिने भन्ने जन्मगत गुणमा भर पर्छ । अरुलाई दान गर्ने र धर्मकर्म सम्बन्धी कुरा मानिसलाई गर गर भनेर सिक्ने कुरा होइन ।चाणक्य नीतिले मानिसलाई दान गर्न सिकाउन नसकिने भएकाले यसको प्रयास गर्नु ब्यर्थ रहेको बताउँछ।

निर्णय क्षमता

कुनै पनि मानिसले कुन बेला के गर्ने कुन बेला के नगर्ने भन्ने कुराको निर्णय आफ्नो स्वभाव अनुसार गर्छ । मानिसलाई निर्णय लिन सिकाउने कोशिस गर्नु पनि गलत हो ।चाणक्य कसैलाई जीवन निर्णय गर्न सिकाउन कोशिस गर्नु मुर्खता भएको ठान्छन्।

never to teach things 1

धैर्य गर्ने क्षमता

कतिपय ब्यक्तिमा धैर्य गर्ने क्षमता देखिन्छ भने कतिपय ब्यक्ति अधैर्य हुन्छन् । कतिपय साना साना कुरामा पनि आत्तिने र मात्तिने बानी हुन्छ । यस्ता ब्यक्तिलाई जीवनमा धैर्य हुनु पर्छ भनेर उपदेश दिनु गलत भएको बताउँछन् चाणक्य । धैर्य गर्ने क्षमता जन्मजात गुण भएकाले यसलाई सिकाउन नसकिने मानिन्छ ।

मिठो बोली

कुनै पनि ब्यक्तिलाई मिठो बोल्नका लागि सिकाउन नसकिने बताइन्छ। मिठो बोल्ने गुण बैयक्तिक गुणकोरुपमा जन्मजात आउने चाणक्य बताउँछन्।

यी चारै गुण मानिस आफुमै हुनुपर्ने वा आफ्नै अनुभवले सिक्नेकुरा भएकाले अन्यले सम्झाउँदा वा भन्दा यी गुण मानिसमा विकास हुन सक्दैन।