यदि तपाइँ गह्रौं बजन उठाउनु हुन्छ वा मोटरसाइकल चलाउनु हुन्छ अथवा तपाइँको बसेर काम गर्ने जागिर छ भने तपाइँले विचार पुर्‍याउनु पर्छ नत्र तपाइँ ढाड दुख्ने समस्याको शिकार हुने निश्चित छ ।

त्यति मात्र होइन तपाइँको स्पाइनल डिस्कमा समस्या हुन सक्छ । धरैलाई ढाड दुख्ने समस्या र स्माइनल डिस्कमा हुने दुखाइको फरक नै थाहा हुँदैन ।

siting work pack pain

खासमा स्पाइनल डिस्क ढाडमा रहेको हाडको तल्लो भागमा जोडिएको डिस्कलाई भनिन्छ । हाम्रो शरीरको पुरै भार त्यही डिस्कमा अडिएको हुन्छ ।

जोर्नीमा कुशन जस्तै मुलायम चिज हुन्छ । त्यसैलाई डिस्क भनिन्छ । यस्को सम्बन्ध अन्य डिस्कसँग पनि हुन्छ जुन बर्टीब्राको बीचमा अवस्थित हुन्छ ।

खासमा यो डिस्कले हाडको बीचमा शक एब्जर्वरको काम गर्छ । अथवा हड्डीबीचको घर्षण नियन्त्रण गर्छ । बढि झुक्दा र वजन उठाउँदा बस वा गाडीमा जड्का लाग्दा अथवा घुमाउरो बाटोमा मोटरसाइकल चलाउँदा यसमा दवाव पर्छ । यस्तो अवस्थामा यो डिस्क आफ्नो ठाउँ छोडेर पर सर्छ । यस्तो बारम्बार भयो भने ढाडको दुखाइ शुरु हुन्छ । बढि नै यस्तो हुन थाल्यो भने दीर्घकालीन ढाड दुख्ने समस्या हुन्छ ।

siting work pack pain 1
स्पाइनल डिस्कको समस्या सबै उमेर समूहका ब्यक्तिमा देखिन्छ । र यसको उपचार बढी झन्झटिलो हुन्छ । अझ अली बढी उमेरका ब्यक्तिलाई यो समस्या भो भने त निको हुने सम्भावना नै कम हुन्छ ।

युवा अवस्थामा भने शारीरिक अभ्यासबाट केही कम गर्न सकिन्छ । उवड खावडमा मोटरसाइकल नचलाउनु नै राम्रो हुन्छ । अफिसमा बस्दा पनि कुर्सीमा बसिरहनु पर्छ भने फरक फरक पोजिसनमा बस्नुस् । सकेसम्म झुकेर गर्ने काम नगर्नुस् ।