इन्टरनेटमा यौन क्रिडाका भिडियो हेर्ने बानी छ ? छ भने आजै देखि छोड्नुस् ।

यदि यौनजन्य सामग्री हेरेर यौन क्षमता बढाउँछु भन्ने ठान्नु भएको छ भने यो भ्रम मात्र हो । हालै गरिएको एक अध्यनले नियमितरुपमा यौन सामग्रीका भिडियो हेर्ने ब्यक्तिको वास्तविक यौन जीवन भने बरवाद हुने देखाएको छ ।

यौनजन्य सामग्री हेर्ने पुरुषहरु ओच्छ्यानमा कमजोर हुने शोधकर्ताहरुले बताए ।

नियमितरुपमा अश्लिल सामग्री हेर्दा प्राकृतिक यौनजन्य उत्साह हराउने र उत्तेजना नै नहुने समस्या देखिने शोधकर्ताहरुको निष्कर्ष छ ।

porn habit

‘डोपामाइन’ नामको एक न्यूरोट्रान्समीटर हम्रो दिमागमा यौनिक उत्तेजना कायम राख्ने रसायन हो । तर निरन्तर अश्लिल सामग्री हेर्दा यस्तो प्राकृतिक उत्तेजना हराउने उनीहरुको भनाइ छ ।

अश्लिल सामग्री हेर्ने महिला र पुरुषमाथि गरिएको यो अध्यनमा सहभागीहरुले सानै उमेर देखि पोर्न हेर्नेहरुमा यौनिक उत्तेजना निक्कै कम रहेको पाहियो ।

शुरुशुरुमा पोर्न हेर्नेहरुको प्राकृतिक यौन क्षमता एकदम बढी हुने तर विस्तारै यस्तो क्षमतामा ह्रास आउने गरेको सहभागीहरुले बताए ।

television

प्राकृतिकरुपमा आउने उत्तेजना नआउँदा यस्तो उत्तेजना ल्याउन नै अन्य गितिविधी गर्नु पर्ने शोधकर्ताहरुको भनाइ छ ।

यौन शारीरिक कुरा भएपनि बढी अश्लिल सामग्री हेर्दा मानसिक कुरा बन्ने समेत शोधको दावी छ ।

नियमित अश्लिल सामग्री हेर्ने बानी छ भने आजै देखि छोड्नुस् ।