चकलेट धेरैलाई मन पर्छ । तर हामीले सानै देखि सुन्दै आएका छौं चकलेट स्वास्थ्यका लागि राम्रो हुँदैन र यसले दाँत विगारिदिन्छ । तर चकलेट खाँदाका फाइदा बारे भने तपाइँलाई थाहा नहुन पनि सक्छ ।

धेरै खाँदा जुन सुकै कुराले पनि घाटा पर्छ तर चकलेट सन्तुलितरुपमा खाँदा भने हामीलाई धेरै फाइदा हुने एक अध्यनले देखाएको छ ।

chocolate 2

नयाँ शोधका अनुसार चकलेटमा रहेको गुलियो पदार्थले मानिसलाई बुढो ढिलो बनाउन मद्दत गर्छ । यसले रक्त सञ्चार सहज गराउने हुँदा मानिस स्फुर्त हुन्छ भने हँसिलो पनि देखिन्छ ।

 

बेलायती पत्रिका मिररमा प्रकाशित यो शोधका अनुसार चकलेट खान मन पराउनेहरुले सँधै यसले गर्ने हानीका विषयमा चिन्ता लिनु पर्दैन ।

chocolate

अहिले चलेका अधिकाँश ब्राण्डका चकलेट स्वास्थ्यका लागि नकारात्मक भन्दा सकारात्मक नै बढी रहेको यो अध्यनको निष्कर्ष छ ।

चकलेटमा हुने कोकोआमा पाइने ‘फ्लावानोल’ नामको एन्टीअक्सिडेन्टले रक्त संचारलाई सूचारु गर्न मद्दत गर्छ । यो स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

यो तत्वले हाम्रो मस्तिष्कलाई पनि ताजा राख्ने र स्मरण क्षमता बढाउने समेत यो शोधको दावी छ ।

chocolate 1

वैज्ञानिक पत्रिका न्यूट्रीशनल न्यूरोसाइन्सका अनुसार चकलेटले तपाइँको मुड राम्रो राख्छ भने कोलेस्ट्रोल पनि नियन्त्रण गर्छ । यसले रक्तचाप समेत नियन्त्रित हुने बताइन्छ ।

एजेन्सी ।