चिसो बढ्न सुरु भइसकेको छ । योसँगै घाँटीको दुखाइ, रुघाखोकी, ज्वरोजस्ता चिसोजन्य रोगले च्याप्न पनि सक्छ । यस्तोमा आफैँलाई बचाइराख्नु आवश्यक हुन्छ । त्यसका लागि सही खानेकुराको छनोट उत्तम विकल्प हो । चिसोबाट बच्न यी खानेकुराले निकै मद्दत गर्छन् :

Why-You-Shouldnt-Cut-Fruit-From-Your-Diet

बदाम : बदाममा आइरन, नियासिन, फोलेट, क्लाल्सियम र जिंक पाइन्छ । त्यसैगरी यसमा एन्टिअक्सिडेन्ट्स, भिटामिन, मिनरल आदि तत्त्व पनि प्राप्त हुन्छ, जुन जाडोमा फाइदा हुन्छ । यसले शरीरलाई तातो राख्न मद्दत गर्छ ।


स्याउ : स्याउ एन्टिअक्सिडेन्टले भरिएको हुन्छ । यसले एनिमिया र क्यान्सरको खतरालाई पनि कम गर्छ । यसले डाइबिटिज कम गर्न र पाचन प्रणालीलाई ठीक गर्न मद्दत गर्छ । प्रतिरोध क्षमतालाई कायम राख्न र शरीरमा शक्ति बढाउन स्याउ उत्तम हुन्छ ।


गाँजर : गाँजरले शरीरमा भिटामिन ‘ए’को कमीलाई पूरा गर्छ । भिटामिन ‘ए’को कमीले आँखाको बिमारी, छालाको सुक्खापन, कपाल झर्ने, नङ खराब हुने आदि रोग लाग्छ । गाँजरले फोक्सो, छाती र पेटको क्यान्सरको खतरा पनि कम गर्छ ।


ड्राइफ्रुट्स : यिनमा प्रोटिन, फाइबर, फोलिक एसिड, भिटामिन ई, भिटामिन बी–६ आदि खनिज पदार्थ प्रशस्त हुन्छ । यिनको सेवनबाट शरीरमा ऊर्जा रहिरहन्छ र रोगलाई टाढा राख्न मद्दत गर्छ । यसमा रहेको एन्टिअक्सिडेन्टले बढ्दो उमेरमा पनि चुस्त–दुरुस्त राख्छ ।


अम्बा : यो जाडोको फल हो । यसले अनुहारको छालालाई नरम बनाउन मद्दत गर्छ । आँखालाई स्वस्थ राख्छ । त्यस्तै छालामा चमक ल्याउन, कब्जियतबाट छुटकारा दिलाउन मद्दत गर्छ ।


सुन्तला : भिटामिनबाट भरपूर सुन्तला चिसोमा असाध्यै उपयोगी फल हो । यसमा हुने पोटासियम र फोलिक एसिड, क्याल्सियम, कोलेस्ट्रोल र ग्लुकोज स्वास्थ्यका लागि असाध्यै राम्रो हुन्छ । यसलधे प्रतिरोध क्षमतालाई बलियो बनाउँछ ।


पालुंगो : पालुंगो सागमा भिटामिन ए, बी, सी, आइरन र क्याल्सियम अधिक मात्रामा पाइन्छ । यी तत्त्वहरूले प्रतिरोध क्षमतालाई बलियो बनाइराख्न मद्दत गर्छन् । खोकी र फोक्सोको सुन्नाइमा पालुंगोले ठीक गर्छ । पालुंगोको रस पिउनाले आँखाको ज्योति र स्मरणशक्ति पनि बढ्छ । यसमा आयोडिन पनि हुने हुनाले दिमागी थकान कम गर्छ ।