आजको दिनमा कुन राशिका ब्यक्तिलाई प्रेम योग कस्तो छ भनेर यहाँ प्रस्तुत गरिएको छः

मेष राशि
प्रेम वा सम्बन्धका विषयमा अचम्मित तुल्याउने कुरा हुन सक्ने छ । हुन त प्रेम यस्तो कुरा रमाइलो हुनेछ तर सोंच्दै नसोंचेको कुरा हुँदा भने अनौठो लाग्ने छ ।

वृष राशि
यो राशिका ब्यक्तिलाई अचानक प्रेम प्रस्ताव आउन सक्छ । यस्ता प्रेप प्रस्तावलाई स्वीकार गर्ने कि नगर्ने भन्ने द्विदा हुनसक्छ । आफ्नो मनको आवाज सुन्नुस् ।

love sign zodaic

मिथुन राशि

आज यो राशिका ब्यक्तिका लागि प्रेम प्रसंग अनुकुल छैन । आज मानसिक तनाव हुन सक्छ । मुड खराव हुने हुँदा नयाँ काम वा नयाँ सम्बन्धमा हात नहालेको राम्रो ।

कर्कट राशि

यदि विवाहको कुरा चलेको छ भने प्रेमको कुरा खुलस्त भन्दिनुस् । आज भन्नु भएन भने तपाइँको प्रेम खतरामा पर्न सक्छ । बोलेर मात्र समाधान हुने हुँदा सके सम्म कुरा लुकाएर नराख्नुस ।

सिंह राशि
तपाइँले आरुको कुरामा लागेर कुनै कदम चाल्नु भो भने परिणाम गम्भिर पनि आउन सक्छ । सके सम्म मनलाई काबुमा राख्नुस् । मन चन्चल हुँदा गरिएका कदमले समस्यामा पार्न सक्छ ।

कन्या राशि
आजको दिन यो राशिका ब्यक्तिलाई प्रेम सम्बन्धका लागि राम्रो छ । आजको दिनले जीवन नै रंगिन बनाउन सक्छ । रोमान्टिक बन्नुस् मनको कुरा भन्नुस् ।

तुला राशि
आज तपाइको मन अलि तनावमा रहने छ । तपाइँको जीवनमा कुनै आफू भन्दा मान्यजन महिलाको हस्तक्षेप हुन सक्छ । यस्तो कुराले तपाइलाई निराश बनाउन सक्छ । परिवारका लागि प्रेम छोड्नु पर्ने धर्म संकट आइलाग्छ ।

वृश्चिक राशि

तपाइँ कसैको दवावमा बस्न सक्नु हुन्न । प्रेमि वा प्रेमिका नै भएपनि यसो गर्न नसक्ने बानीले हानी पुग्न सक्छ । आज अलिकति बानी परिवर्तन गर्नुस ।

धनु राशि
आज तपाइँ घरमै ब्यस्त रहने योग छ । पाहुनाको सत्कार वा अन्य कसैलाई समय दिनु पर्ने हुन सक्छ । प्रेम वा रोमान्टिक सम्बन्ध आजका लागि अनुकुल छैन ।

love sign zodaic 1

मकर राशि

तपाइँले जति नै कोशिस गर्दा पनि प्रेमि वा प्रेमीकाको मुड सुधार्न सक्नु हुन्न । तपाइँलाई आज प्रेमिकाको उदाश अनुहार हेर्नु पर्ने छ ।

कुम्भ राशि

आज प्रेमिल बन्न खोज्दा समस्यामा पर्ने योग छ । तपाइँलाई आफ्नो प्रेम झुठो भएको महसुस हुन पनि सक्छ । अविश्वासको वातावरण बन्ने योग छ ।

मीन राशि

तपाइँले आज प्रेम ब्यक्त गर्न सक्नु हुनेछैन । जति गर्दा पनि प्रेमिल शब्दको अभाव हुने देखिन्छ । आज रोमान्टिक हुनबाट टाढै बसेको राम्रो ।