तपाइँ आफ्नो पार्टनरसँग कुन बेला कसरी सुत्नु हुन्छ ? तपाइँलाई थाहा नहुन सक्छ । यस्तो सुताइले तपाइँको सम्बन्धको भविष्य निर्धारण गर्छ ।

तपाइँलाई सुन्दा पनि अचम्म लाग्न सक्छ । तर हालै मात्र यूनिवर्सिटी अफ पिट्सबर्गका शोधकर्ताहरुले गरेको एक अध्यनमा सुताइको तरिकाले सम्बन्धको भविष्य निर्धारण गर्ने देखाएको छ ।

sleeping 2

शेप नामक पत्रिकामा प्रकाशित उक्त शोधले यदि कुनै जोडी आफ्नो ओच्छ्यानमा जाँदा समयमै जाने र सँगै सुत्छन् भने त्यस्ता जोडीको सम्बन्ध एकदम राम्रो हुन्छ र एक अर्काको ख्याल पनि गर्ने हुन्छ । यिनीहरुको सम्बन्ध सुमधुर हुन्छ । तर छुट्टा छुट्टै मन लागेको समयमा ओच्छ्यानमा जाने जोडीको सम्बन्ध भने त्यति सुमधुर हुँदैन । यी जोडीले एक अर्काको ख्याल पनि कम गर्छन् ।

शोधर्कताका अनुसार राम्रो बैबाहिक जीवनका लागि ओच्छ्यानमा जाँदा मोबाइल वा ल्यापटप छोड्नुस् । मोबाइल साथमै राखेर सुत्ने जोडीहरुको सम्बन्ध पनि त्यति राम्रो नहुने अध्यनको निष्कर्ष छ ।

sleeping 3

त्यति मात्र होइन सुत्ने बेलामा एकैदिशामा फर्केर सुत्ने वा एक अर्कालाई पछाडी पारेर सुत्ने जोडी मध्ये एकैदिशामा सुत्ने वा आमने सामने भएर सुत्ने जोडीको सम्बन्ध राम्रो हुन्छ ।

एजेन्सी ।