तपाइँ भुँडी लागेर तनावमा हुनु हुन्छ भने तपाइँको लागि खुसीको खवर छ । पेट घटाउन चाहनेहरुका लागि नयाँ वेट ट्रेनिङ विकाश भएको छ । 

अमेरिकाको हावार्ड विश्वविद्यालयको स्कुल अफ पब्लिक हेल्थका शोधकर्ताहरुले आफ्नो अध्यनका क्रममा भुँडी घटाउने नयाँ विधी विकाश गरेका हुन् जुन केवल २० मिनेटको अभ्यास गर्दा तपाइँको भुँडी सहजै घट्छ ।

obesity 1

शोधकर्ताहरुका अनुसार २० मिनेटको एरोबेटिक्स वा वेट ट्रेनिङको मद्दतले तपाइँको मसल नघटाइकन भुँडी घटाउन सकिने बताएका छन् ।

fat man

शोधर्कताहरुले यस्तो ट्रेनिङ तथा एरोबेटिक्सबाट उमेर घर्किसकेका मानिसले पनि भुँडी घटाउन सक्ने दावी समेत गरेका छन् ।

शोधका क्रममा सन् १९८८ देखि २००८ सम्म ४० वा त्यस भन्दा बढी उमेरका महिला पुरुष गरेर १० हजार जनामा यस्तो अनुसन्धान गरिएको थियो ।

 

बीस मिनेटमा भुँडी घटाउने यो विधीले धेरैलाई फाइदा गर्ने विश्वास गरिएको छ ।

शोध अबेसिटी जर्नलमा प्रकाशित छ ।

एजेन्सी ।