हाम्रो धर्म ग्रन्थमा जीवनमा गर्न हुने र नहुने कामको विषयमा चर्चा गरिएको छ । जुन काम गरे पनि पूर्ण मन लगाएर गर्न गीतामा उपदेश दिइएको छ । तर आधुनिकताले थिच्दै लगेका कारण पछिल्लो समयमा यस्ता कुराहरुको वास्ता हुन छोडेको छ । 

जीवनमा गर्न नहुने र हुने कामबारे धर्मशास्त्रमा उल्लेख गरिएका कुरा पालना गर्ने हो भने जीवन सुखी हुन सक्छ । तर हामीले त्यस्ता भनाइलाई वास्ता नगरेर दुःखी भैरहेका छौं ।

4 things never to leave

जीवनमा टाढै रहनु पर्ने ५ कामको यहाँ चर्चा गरिएको छ ।

१ आलश्यः

जीवनमा मानिस दुःखी हुने सबै भन्दा पहिलो कारण अल्छी पन अर्थात आलश्य हो । कुनै पनि मानिस परीश्रम गर्दा सबै भन्दा खुसी हुन्छ किन भने यसको परिणाम मिठो हुन्छ । तर अल्छी मानेर बसिरहने मानिस अन्त्यमा पछुतो मान्छ । जीवनमा आलश्यका कारण सँधै पछुतो हुन्छ । तसर्थ आलश्यबाट टाढै बसेको राम्रो हुन्छ ।

4 things never to do 1

२ लापर्वाह आहार विहार
जीवनमा सबै भन्दा ख्याल गर्नु पर्ने दोश्रो कुरा हो खाने कुरा । जे पाइन्छ त्यही खाने र खाने कुरामा विचार नगर्ने मान्छे सँधै दुःखी हुन्छ । सके सम्म आहार विहार गर्दा स्वास्थ्यलाई लाभदायक हुने मात्र खानेकुरा खानु पर्छ । जिव्रोले मिठो मानेपनि शरीरलाई घातक हुने खानेकुराले अन्तिम परिणाम दुःखको रुपमा ल्याउँछ ।

३ नचाहिने काममा समय खर्च

मानिसहरु चाहिने भन्दा नचाहिने फजुल काममा बढी समय खर्चिन्छन् र अन्त्यमा दुःखी हुन्छन् । तसर्थ आलश्य वा मोज मस्तीका कुरामा बढी समय कटाउने बानी सुधार्नु पर्छ । अन्यता नचाहिने काम गर्दा गर्दै जीवनको उर्जाशील समय सकिन्छ र अन्तिममा असफलता र निराशा हात लाग्छ ।

 

४ अरुको धन हडपने काम

जीवनमा अरुले मेहनत गरेर कमाएको धन आफ्नो बनाउने कोशिस गर्नु पाप हो । यस्तो धनले केही समय मोज मस्ती दिएपनि अन्तिममा दुःख र मानसिक विक्षिप्तता निम्त्याउँछ । यस्तो कार्यले शत्रुता निम्त्याउने मात्र होइन ज्यानकै समेत जोखिम समेत हुन्छ ।

4 things never to do 2

५ हिंसाः

जीवनमा सके सम्म कुनै पनि प्रकारका हिंसाबाट टाढा बस्नु पर्छ । कुनै पनि प्राणी हत्या वा अन्य प्रकारका लडाइँ झगडाले जीवनमा राम्रो परिणाम दिँदैनन् ।