के तपाइँले जुन सुकै कामलाई भोलि गरौंला भोलि गरौंला भनेर साँच्नु हुन्छ ? र काम पुरा हुन धेरै समय लाग्छ वा काम नै हुँदैन ? यदि छ भने एक पटक तपाइँले पढ्नै पर्छ ।

मन डुल्ने र कुनै पनि कामलाई भोलि गरौंला भनेर राख्ने र भोलि पनि भोलि गरौंला भन्ने मानवीय प्रवृत्तिमाथि एक नयाँ तथ्य बाहिर आएको छ ।

अमेरिकी बैज्ञानिक माइक इस्टर म्यान र जो दिगुटिसले दिमागलाई कुनै पनि कामलाई सके सम्म पन्छाउने मानवीय ब्यवहारलाई सुधार गर्ने एक कार्यक्रम तयार गरेका छन् ।

७ वर्ष सम्म गरिएको एक अध्यनपछि उनीहरुले मानिसको दिमागले सके सम्म कुनै कुरा किन टार्छ भन्ने कुराको तथ्य फेला पारेर र त्यसलाई सुधार्ने कार्यक्रम तयार पारेका हुन् ।

यसमा मानिसलाई एक प्रकारको विजुलीको झट्का दिइन्छ । र आराम गर्न लगाइन्छ ।

lazy 1

यो प्रयोग अहिले सम्म थाकेका र पाका अमेरिकी सैनिकमाथि सफल भैसकेको छ । मानिसहरुलाई एकाग्रता नहुने समस्याले यस्तो हुने र एकाग्रता पैदा गर्न सकेमा काम साँच्ने बानी पनि हटाउन सकिने ती बैज्ञानिकको दावी छ ।

अधिकाँश मानिसमा एक काम गरिरहेको समयमा विचमै छोडेर अर्को काममा लाग्ने र कुनै पनि काम पुरा नगर्ने समस्या हुन्छ । संसारमा ८० प्रतिशत विद्यार्थी र २५ प्रतिशत बयस्क समेत यस्तो समस्याबाट ग्रस्त रहेको उनीहरुको अध्यनले देखाएको छ । स्मार्ट फोन र सामाजिक सञ्जालका कारण यस्तो समस्या बढ्दै गएको अध्यनको निष्कर्ष छ ।

lazy

पछिल्लो समयमा मानिसहरु धेरै दिमाग लगाउनु नपर्ने क्रियाकलापमा धेरै समय विताउने हुँदा यस्तो समस्या बढेको बताइन्छ ।

दिमागलाई एकाग्र गर्ने कुनै पनि विधी मेडिटेसन वा अन्य तरिकाले यस्तो समस्याबाट मुक्ति पाउन सकिने बताइएको छ ।