चिसो मौषममा ओंठ फुट्ने समस्या देखिन्छ । यदि तपाइँ पनि ओंठ फुटेर समस्यामा हुनु हुन्छ भने यहाँ ओंठ फुट्नबाट जोगाउने उपायको चर्चा गरिएको छ ।

जाडोमा चल्ने सुख्खा चिसो हावाले ओंठ चिरा चिरा हुने समस्या हुन्छ । फुटेको ओंठले अनुहारको शोभा नै विगारिदिने मात्र होइन दुखेर समस्या पनि हुन्छ । ओंठ फुट्नबाट बचाउनका लागि धेरै मेहनत गर्नु पर्दैन । सामान्य घरेलु उपायले ओंठ बचाउन सकिन्छ ।

मह र गुलाव जल

एक चम्मच गुलाब जल र एक चम्मच महलाई मिलाउनुस् र को ओंठमा लगाउनुस् । १० मिनेटपछि मनतातो पानीले ओंठ सफा गर्नुस् । त्यसपछि ओंठमा लिप गार्ड लगाउनुस् ।

कांक्राको जुस

काँक्रो काट्नुस् र पेष्ट बनाउनुस् । यसको टुक्राबाट जुस निकाल्नुस् । काँक्राको जुस ओंठमा लगाएर २० मिनेटपछि मन तातो पानीले ओंठ सफा गर्नुस् ।

lip care

मक्खन र घिउ

रातिमा सुत्नु अघि ओंठमा मक्खन र शुद्ध घिउले मजाज गर्नुस् ।

lip 1

प्रयाप्त पानी
दिनमा कम्तिमा १० गिलास पानी पिउनुस् जसले गर्दा ओंठमा चिसो कायम हुन्छ र ओंठ फुट्दैन ।

तोरीको तेल

सुत्ने समयमा नाभीमा तोरीको तेल लगाएर सुत्नुस् ।