१ जेठ, नवलपरासी ।

स्थानीय तह निर्वाचनको मतगणनामा नवलपरासीका ४ नगरपालिका मध्ये २ मा कांग्रेस र २ मा एमाले अगाडि रहेका छन । नगरपालिकातर्फ, गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिका र गाउँपालिकातर्फ बुलिङटार, बुङ्दीकाली, हुप्सेकोट, बिनयी त्रिवेणीमा मतदान भएको थियो ।

जसअन्तर्गत गैँडाकोट नगरपालिकामा काँग्रेसबाट प्रमुखका उम्मेदवारले २१४, उपप्रमुखका उम्मेदवारले २२३, नेकपा(एमाले)बाट प्रमुखका उम्मेदवारले २५६ र माओवादीका उम्मेदवारले २४ मत प्राप्त गरेका छन ।

यस्तै कावासोतीमा काँग्रेसबाट प्रमुखमा ९१, एमालेबाट प्रमुखमा ७८, माओवादीबाट प्रमुखमा पाँच मत प्राप्त गरेका छन ।

यस्तै देवचुलीमा काँग्रेसबाट प्रमुखमा ४९९, एमालेबाट प्रमुखमा ४२५, माओवादीबाट प्रमुखमा २६२ मत प्राप्त गरेका छन ।

यस्तै गैँडाकोटमा काँग्रेसबाट प्रमुखमा २१४, एमालेबाट प्रमुखमा २५६, माओवादीबाट प्रमुखमा २४ मत प्राप्त गरेका छन यस्तै मध्यबिन्दुमा काँग्रेसबाट प्रमुखमा ११८, एमालेबाट प्रमुखमा १६१, माओवादीबाट प्रमुखमा १५ मत प्राप्त गरेका छन ।