एटीएमबाट पैसा निकाल्नको लागि चोरले विभिन्न दाउ निकालेका हुन्छन् । तर एक चोरले भने कसैले कल्पना गर्न नसक्ने काण्ड गरेका छन, जसलाई देखेर पुलिसको समेत होश उडेको छ ।

यो घटना अष्ट्रेलियाको डारविनमा अवस्थित एटीएममा भएको हो । एटीएममा जडित सीसीटीबी फुटेजबाट सो घटनाको रहस्य खुलेको थियो । एक व्यक्ति जसले टीसर्ट र हाफ प्यान्टको साथै चप्पल लगाएको थियो । उक्त व्यक्ति एटीएमको नजिकै पुग्यो र दायाँ बायाँ हेर्यो र बम लगायो । एकछिनमा बम पड्कियो र एटीएम तहस नहस भयो साथै उक्त व्यक्ति पनि भूईमा लड्यो र तुरुन्तै चप्पल लगाएर भाग्यो ।

aus-atm fire1

पुलिस अधिकारी भन्छन् एटीएम उडाउनको लागि उसले कुनै विस्फोटक ग्यासको प्रयोग गरेको हुनुपर्छ । यो सबै कुरा सीसीटीबी क्यामरामा कैद भएको थियो । र सोही व्यक्तिले क्रिसमसमा पनि यस्तै घटना गरेको पुलिस बताउछ ।

aus-atm fire

 तर चोरले भने पैसा नै नलिई भागेको पुलिसले बताएको छ । 

भिडियो हेर्नुस 

 

{source}
<iframe width=”640″ height=”360″ src=”//www.youtube.com/embed/SVEkK_ZhKQo” frameborder=”0″ allowfullscreen></iframe>
{/source}