हाम्रो घर वा डेरामा जहाँ भएपनि ऐना अनिवार्य नै हुन्छ । ऐनाविना त मानिसको सुन्दरता अधुरो नै रहन्छ भन्दा पनि हुन्छ । तर घरमा ऐना राख्दा जहाँ मिल्यो त्यहीँ राख्नु चाँहि हुँदैन । किन भने ऐनाले धेरै भूमिका खेलिरहेको हुन्छ । घरमा सही स्थान र दिशामा राखिएको ऐनाले तपाइँलाई शुभफल समेत दिन सक्छ ।

बास्तु शास्त्रका अनुसार घरमा ऐना राख्दा यी १० कुरा कहिले पनि भुल्नु हुँदैन ।

mirror rule

१ तपाइँले ऐना जहाँ राखेपनि उत्तर पूर्व दिशामा पर्ने गरी लगाउनु पर्छ । यसले तपाइँको आम्दानीको श्रोत बढाउन मद्दत गर्छ ।

२ ऐना राख्दा कुनै पनि नराम्रो बस्तु ऐनामा पर्ने गरी नराख्नुस् । सके सम्म ऐनाबाट राम्रो बस्तुको प्रतिबिम्ब आउनु राम्रो मानिन्छ ।

३ ऐना यस्तो ठाउँमा राख्नु पर्छ जुन ढोका वा झ्यालको सामना नहोस् ।

४ कुनै पनि कोठामा चारैतिर ऐना राख्नु अशुभ मानिन्छ । यस्तो ऐना भएको कोठामा धेरै समस्या आउने बास्तु शास्त्रको दावी छ ।

५ घरमा अँधेरो भइरहने स्थानमा गोलो ऐना राख्नु राम्रो मानिन्छ यसले घरमा भएको नकारात्मक उर्जा घटाउन मद्दत गर्छ ।

६ सुत्ने कोठामा सके सम्म ऐना नराख्नुस् । ओच्छ्यानको सामुन्ने त राख्दै नराख्नुस् । यसले तपाइँको जीवनमा सम्बन्ध विगार्न सक्छ ।

७ ठूलो तर हलुका ऐनालाई राम्रो मानिन्छ । घरमा जति ऐना भएपनि फरक पर्दैन तर फरक ऐनाको फुटेका २ टुक्रालाई जोडेर एक ठाउँमा भने नराख्नुस् । यस्तो निक्कै अशुभ मानिन्छ ।

mirror rule 1

८ बास्तु शास्त्रका अनुसार ऐना छोपेर राख्नु राम्रो मानिन्छ । सके सम्म ऐना दराज खोल्दा देखिने भयो भने उत्तम मानिन्छ ।

९ घरको भित्तामा एकदम माथि वा तल पर्ने गरी ऐना राख्नु राम्रो मानिँदैन । यस्तो भयो भने घरका मानिसहरुलाई अनेक समस्या आउन सक्छ ।

mirror rule 2

१० तपाइँको ऐना फुटेको वा धुलो वा फोहोर लागेको हुनु नराम्रो मानिन्छ । यस्तो ऐनाले घरमा नकारात्मक उर्जा पैदा गर्ने बास्तु शास्त्रको भनाइ छ ।