२३ पुस, एजेन्सी ।

भातरको पञ्जाव हरियाणा उच्च अदालतले राज्यमा जेलमा रहेका कैदी बन्दीलाई यौन सम्पर्कको अधिकार दिने फैसला गरेको छ । अव यो फैसला पछि कैदीकोरुपमा रहेका बन्दीहरुले पनि सन्तान उत्पादनको अधिकार अन्तगर्त यौन सम्बन्ध राख्न पाउने भएका छन् ।

अन्य देशमा कैदीहरुलाई कृतिम गर्भाधानको अधिकार रहेपनि भारतमा यो ब्यवस्था छैन । अव भने जेलबाट बाहिर जाने र कृतिम गर्भाधान गराउने दुवै अधिकार बन्दीले पाउने भएका छन् ।

prisoner

यद्यपी कस्ता कस्ता कैदीहरुलाई यस्तो अधिकार दिने भन्ने विषयमा भने राज्य सरकारले निर्णय गर्नेछ ।

हत्याको अभियोगमा जेलमा रहेका कैदी दम्पतिले दर्ता गरेको उजुरी माथि फैसला गर्दै अदालतका न्यायाधीशले यस्तो फेसला गरेका हुन् । उनीहरुलाई आफूलाई सन्तानको इच्छा भएको भन्दै यौन सम्बन्ध राख्ने अधिकार माग गरेका थिए ।

प्रजननको ब्यक्तिकगत अधिकार र स्वतन्त्र जीवन समबन्धि अधिकारको महल अनुसार अदालतले यो दुरगामी फैसला सुनाएको हो ।