२४ पुस, कैलाली । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत आज बिहान कैलालीको चौमाला झिलमा धनगढीबाट टीकापुरतर्फ जाँदै गरेको यात्रुवाहक बसको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा चौमाला–४ का गोरे पार्कीका १० वर्षीय छोरा अर्जुन पार्की रहेका छन् । सडकमा हिँडिरहेका पार्कीलाई ना४ख ५८८४ नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि अत्तरियास्थित पदमा अस्पताल ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको हो ।

चालक र बसलाई इलाका प्रहरी कार्यालय चौमालाले नियन्त्रणमा लिएको छ भने लास शव परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढी लगिएको छ ।