अधिकाँश कार्यालयमा महिलालाई काम गर्न सहज हुँदैन । अफिसमा हाकिम मात्र होइन तल्लो तहमा काम गर्ने पुरुषले पनि महिला सहकर्मीप्रति यौनिक ब्यवहार देखाउने सामान्य कुरा जस्तै हुन्छ । बाहिरबाट देख्दा भद्र लाग्ने पुरुषको मनमा समेत महिला सहकर्मीप्रतिको भाव नकारात्मक र अभद्र हुन्छ । अधिकाँश पुरुषले महिला सहकर्मीका ५ कुरामा ध्यान दिन्छन् जसले गर्दा महिलालाई भने असहज हुन्छ ।

co workers 3

१ आँखामा होइन् बक्षस्थलमा नजर

अधिकाँश पुरुषले महिला सहकर्मीको अनुहारमा भन्दा उनको बक्षस्थलमा हेर्छन् । कुनै महिलाको कपडा छोंटो छ भने त उनी कुनै न कुनै प्रकारको यौनिक दुर्ब्यवहारको शिकार हुने निश्चित जस्तै हुन्छ ।

२ छुने बहाना

अधिकाँश पुरुषले महिला सहकर्मीलाई शरीरमा छुने बहाना खोजी रहेका हुन्छन् । कुरा गर्दा गर्दै शरीरका विभिन्न भागमा छुने वा पछाडी चलाउने पुरुषको बानी हुन्छ । तर यस्ता बानीबाट महिलाहरु पनि आजित भएका हुन्छन् ।

co workers

३ कुरा नमिले अफवाह

पुरुषहरु महिला सहकर्मीसँग नजिकिन खोज्छन् । सके सम्म आफ्ना स्वार्थ पुर्ति गर्ने हर सम्भव प्रयास गर्छन् तर कुरा मिलेन र स्त्री तयार भइनन् भने उसको विषयमा अनेक खालका हल्ला चलाउन थाल्छन् । महिलाको चरित्रमाथि प्रश्न उठाएर समस्यामा पार्ने अधिकाँश पुरुषको बानी हुन्छ ।

४ फिल्म वा पार्टीमा बोलाउने

पुरुषहरु महिला सहकर्मीसँग नजिक हुन फिल्म हेर्न वा पार्टीमा सँगै जाने कोशिस गर्छन् । कुनै न कुनै तवर नजिक हुने र शारीरिक फाइदा उठाउने उनीहरुको योजना हुन्छ । महिला भने जस्तै तयार भए सहयोग गर्छन् तर भइनन् भने अनेक निहुँ खोज्ने बानी हुन्छ ।

५ अस्वीकार गरेपछि आक्रोश

कुनै पनि सहकर्मी स्त्रीले आफूले भनेको कुरामा तयार भइन भने उनीहरु अनेक प्रकारको आक्रोश पोख्छन् । नचाहिने कुरामा निँहु खोज्ने र सके सम्म कमजोरी खोज्ने बानी हुन्छ । आफूले भनेको नमाने सम्म समस्यामा पारिरहने पुरुषको स्वभाव हुन्छ ।

co workers 2