के तपाईलाई आफू गाई अथवा गोरु जस्तो लाग्ने गर्छ?

के तपाईलाई आफ्नै मासु खाऊँ खाऊँ लाग्छ?

के तपाईलाई कुनै पनि कारणबिना मानिस देखेर डर लाग्छ?

सोच्नुस् है, यस्ता किसिमका लक्षणहरू स्वाभाविक होइनन्। यस्ता लक्षणहरू हुनु मनोवैज्ञानिक रोगको कारण हो।
हामीले धेरै किसिमका पागलपनका नमुनाहरू देखेका र सुनेका छौँ तर त्यस्ता कुनै दिमागी रोगहरू छन् जस्को तपाईले नाम पनि सुन्नुभएको छैन होला।

यस्ता १० मनोवैग्यानिक रोगहरूको सूची हामीले बनाएका छौँ जस्को बारेमा सुनेर जो-कसैको पनि रौँ ठाडो भएर आउँदछ।

१. ल्यानडाउ क्लेफ्नर सिन्ड्रोम
ल्यानडाउ क्लेफ्नर सिन्ड्रोम एक अनौठो रोग हो, जुन सामान्यतया ५ वर्ष देखि ७ वर्षका बालकहरूलाई हुने गर्दछ। यो रोग लागेपछि बच्चाहरूले बारम्बार भाषा बुझ्न र व्यक्त गर्न असमर्थ हुन्छन्। यो विचित्र लक्षणको कारण भने वैज्ञानिकहरूले पनि पत्ता लगाउन सकेका छैनन्।

1

 


 

२. एबुलोम्यानिया
यो रोग खासै प्रचलित रोग हैन। तर यो रोग लागेपछि मानिसले निर्णय लिन अशक्त हुन्छन्।

एबुलिम्यानिया रोगीहरू अन्य हरेक तरिकामा सामान्य व्यवहार गर्छन् तर कुनै पनि त्यस्तो क्षण आउँदछ जब उसले कुनै निर्णय लिनुपर्दछ तब त्यो व्यक्ति असमर्थ हुने गर्दछ।

कुनै एबुलोम्यानिया रोगीहरूले त दैनिक कार्य गर्न पनि असमर्थ हुन्छन्। निर्णय लिन नसकेर कोही-कोही त चल्न समेत सक्दैनन्।

2

 


 

३. म्यारि हार्ट सिन्ड्रोम
यो रोग अनौठो रोग मध्ये एक हो जुन रोग लाग्दा कुनै पनि व्यक्तिले ‘म्यारि हार्ट’, एक टिभी सञ्चालकको आवाज सुन्ने बित्तिकै एक प्रकारको दौर महसुस गर्ने -गर्छन्।

3

 


 

४. क्याफिन इन्ड्युस्ड एन्जाइटि डिसअर्डर
क्याफिनले एक गम्भीर चिन्ता पैदा गर्न सक्छ।

संसारका कैयौँ मानिसहरूले क्याफिन सेवन गर्ने गर्छन् र यो कुरा सम्भावित छ कि अधिक मानिसहरू एक प्रकारको चिन्ताले पीडित छन्।

अझै पहिलेदेखि नै कुनै किसिमको चिन्ताले तपाईलाई सताइरहेको छ भने क्याफिनको प्रयोग गर्नु भनेको ‘चिन्ता, चिन्ता ! चिन्ताले चिताको बाटोमा पुरयाउँछ’ भन्ने उखानलाई सत्य सावित गर्नु जस्तै हो।

4

 


 

५. बो-एन्थ्रोपी
यो रोगको नाम कमैले सुनेको होला।

तर यो रोग यस्तो अनौठो र डरलाग्दो छ कि यो के हो भनेर थाहा पाउनेहरूको रौँ ठाडो नै हुन्छ।

अनौठो भ्रम पैदा गर्ने यो रोग लागेपछि मानिसले आफूलाई गाई अथवा गोरु ठान्ने गर्दछ। सपनाबाट सुरु हुने यो रोगले बिस्तारै बिपनामा पनि मानिसलाई एक किसिमको भ्रम सिर्जना गर्ने गर्दछ। अन्ततः त्यो व्यक्तिले पुरै विश्वास गर्छ कि उ एक गोरु नै हो र गोरु जस्तै घाँस खाने, चार हात र खुट्टाले टेकेर हिँड्ने गर्दछ।

5

 


 

६. अटोफेजिया
यो रोग लागेको व्यक्तिको अगाढि तपाईले झुक्केर पनि कुनै खानाहरू नराख्नुहोला।

अटोफेजियाले “आफैलाई खाने” लक्षणलाई सङ्केत गर्छ। सामान्यतः आफैलाई टोकेर अनि चपाएर मासु खानु यो रोगको लक्षण हो।
एक चोटि एउटा मानिसले आफ्नो नङ् बाट सुरु गरेर आफ्नो औँलाहरू एक-एक गर्दै खान थालेको घटना पनि छ।

6

 


 

७. एलियन ह्यान्ड सिन्ड्रोम
यो नाम सुन्दा निकै प्रभावित हुने गर्छन् मानिसहरू तर यो के हो भनेर थाहा पाएपछि सायद सबै हार खान्छन्।
आफ्नो हात अनि खुट्टाको आ-आफ्नै दिमाग भएजस्तो हुने यो रोग लागेपछि मानिसले आफ्नो हात र खुट्टालाई आफूखुसी चलाउन सक्दैनन्।

7

 


 

८. ताईजिन क्योफुसो
यो रोग जापानमा धेरै फैलिएको रोग हो।
जापानको सामाजिक र पारिवारिक मूल्य-मान्यतामा हुर्केका व्यक्तिहरूलाई यस्तो रोग लागेको रेकर्ड रहेको छ।
यो रोग लागेपछि मानिसहरू सामाजिक अन्तरक्रिया गर्न डराउने गर्छन्।

8

 


 

९. इरोटोम्यानिया
आफूसँग अरू कोही मायामा परेको छ भन्ने भ्रम पैदा गर्ने यो रोन सुन्दा अनौठो लाग्न सक्छ। ज्यादातर त्यो मानिसलाई माया गरेको भन्ने मानिस अक्सर एक सेलिब्रिटि हुने गर्दछ।

यो भ्रम टुटाउन साह्रै गाह्रो रहेको मनोवैग्यानिकहरूको भनाइ छ।

9

 


 

१०. राइलि-डे सिन्ड्रोम
यो सामान्यतया वंशाणुगत लक्षण हो जुन रोग लागेपछि मानिसहरूले दुखाई महशुस गर्न असमर्थ हुन्छन्।

कसैलाई यो रोग लागेपछि बारम्बार बान्ता हुने, खानेकुरा चपाउन गाह्रो हुने पनि गर्दछ।

दुखाई महशुस नगर्नु सायद राम्रै हो भन्ने सोच्नेलाई के थाहा नहोला कि दुखाई मानिसको साथी हो। दुखाईले तपाईको दिमागलाई केही कुरा बिग्रेको छ वा बिग्रिँदै छ भन्ने सुचना पठाउँछ र त्यसले गर्दा नै मानिसहरू जोखिमबाट टाढा नै हुन्छन्।

10