इबोलाको दुई नयाँ खोपहरू मानव परीक्षणको लागि अनुमोदित गरिएको छ र स्वस्थ स्वयंसेवकहरूले पश्चिम अफ्रिकाका मानिसहरूलाई परीक्षण गर्ने पहिलो क्रियाकलाप हुनेछ।

1

ब्रिटिस औषधी निर्माता ‘ग्ल्याक्सोस्मिथक्लाइन (जी.एस्.के)’ र अमेरिकी-आधारित प्रविधि कम्पनी ‘न्यूलिन्क जेनेटिक्स’ ले निर्माण गरेको इबोलाको दुई खोपहरू मानव परीक्षणको लागि सुरक्षित ठानिने र चार हप्तापछि पश्चिम अफ्रिकाबाट यो अभियान सुरु गर्ने स्वास्थ्य प्रणाली र नवाचारको सहायक निर्देशक ‘मरी-पाउल कियनी‘ले बताएका हुन्।

 

2-3

4

इबोलाको प्रकोपले अझसम्म ८,००० भन्दा बढिको मृत्यु र २०,००० भन्दा बढि सङ्क्रमित भएको छ र यो प्रकोपलाई उन्मुलन गर्न विश्वभरका अनुसन्धानकर्ताहरूले लगातार खोजी गरिरहेका छन्।

5

जी.एस्.के. को अनुसार यो खोपमा ‘चिम्पान्जि कोल्ड भाईरस’को डोज सामिल भएको छ जस्लाई ‘चिम्पान्जि एडिकोभाईरस टाइप ३ (सी.एच्.-ए.डी. ३)‘ भनिन्छ।
२०१५ को मध्यावधि सम्म खोपको लाखौँ डोजहरू निकाल्ने कम्पनीले बताए।

6

न्यूलिन्क जेनेटिक्सले निकालेको अर्को खोपमा ‘पशु भाईरस’ प्रयोग गरिएको छ जस्लाई ‘भेसिकुलर स्टोमाटाइटिस इन्डियाना भाईरस (भी.एस्.आई.भी)’ भनिन्छ।

7

 जी.एस्.के. को यो दोस्रो मानव परीक्षण हो।

यदि यो परीक्षण सफल भएमा तेस्रो परीक्षणले लाइबेरिया र सियरा लियोन जस्ता देशहरूका हजारौँ बिरामीहरूलाई खोप लगाउन सफल हुने जी.एस्.के. ले बताए।

8

लाइबेरियाले करिब २७,००० जना स्वयंसेवकहरू जम्मा गर्ने योजना बनाएको छ।

तीमध्य कुनैलाई जी.एस्.के. को खोप लगाइनेछ भने कुनैलाई न्यूलिन्कको खोप लगाइनेछ।

“आशा गरौँ हामी यस महामारीलाई परीक्षाको अन्त्य नहुँदै समाप्त गर्न सक्छौँ ” – डब्ल्यू.एच.ओ इबोला खोप समितिको अध्यक्ष ‘हेलेन रिस’ले बताए।