अधिकाँश मानिस हस्तमैथुन गर्छन् । मानिसहरु हस्तमैथुन गर्ने गरेको स्वीकार भने गर्दैनन् । किन भने उनीहरुलाई नियमित हस्तमैथुन गर्‍यो भने के के घाटा होला भनेर मानसिकरुपमा दवावमा रहन्छन् । नियमित हस्त मैथुन गर्दा सेक्स लाइफ बरवाद हुने जस्ता कुराहरु पनि ब्याप्त छन् ।

Masturbatation 3

नेपालमा पनि यस्ता कुराहरु बढी नै गरिन्छ । तर बैज्ञानिक अनुसन्धानले भने हस्तमैथुन स्वास्थ्यका लागि खराव नभएको देखाएको छ । बरु हस्तमैथुन गर्दा स्वास्थ्यका लागि राम्रो हुने अनुसन्धानले देखाएको छ ।

यहाँ बैज्ञानिक अनुसन्धानबाट पुष्टी भएका हस्तमैथुनका ५ फाइदा बारे चर्चा गरिएको छ ।

१ स्पर्म बढाउँछ

कैयौं अनुसन्धानहरुले हस्तमैथुनले पुरुषमा स्पर्मको मात्रा बढाउने पुष्टी गरेका छन् । हस्तमैथुन गर्दा स्खलित हुने स्मर्पको उत्पादनको मात्रा पनि बढ्ने पुष्टी भएको छ । हस्तमैथुन गर्ने ब्यक्तिको प्रजनन क्षमता बढी हुने समेत यो अध्यनको निष्कर्ष छ ।

२ तनाव हटाउँछ

हस्तमैथुनले केही दिँदैन तर यसकै कारण तनाव भने हट्छ । मानिसहरु तनावपूर्ण भएको समयमा हस्तमैथुन गरे भने शान्त हुन्छन् । यसले शरीरमा डोपामाइन र अक्सिटोसिनको मात्रा बढाउँछ र उत्तेजना पनि कायम राख्छ । अनि हस्तमैथुन पश्चात निद्रा पनि राम्रो लाग्छ ।

३ यौन संक्रमणको डर हुँदैन

हस्तमैथुनको सबै भन्दा राम्रो पक्ष यसबाट यौन संक्रमणबाट हुने कुनै रोग हुदैन । उत्तेजना कायम राख्नका लागि हस्तमैथुन सहायक भएपनि यौन तुष्टीका साथमा यसमा कुनै रोगको संक्रमणको खतरा कतै पनि हुँदैन ।

Masturbatation 1

४ प्रोष्टेट क्यान्सरबाट छुटकारा
सन् २००३ मा अष्ट्रेलियामा गरिएको एक अध्यनले जुन पुरुष हप्तामा ५ पटक भन्दा कम स्खलित हुन्छ त्यस्ता पुरुषमा प्रोष्टेट क्यान्सरको खतरा बढी हुन्छ । बरु हस्तमैथुनबाट नियमित स्खलित हुने पुरुषमा यस्तो खतरा एकदमै कम हुन्छ किन भने स्खलनसँगै क्यान्सरका जिवाणू पनि बाहिरिन्छन् ।

५ शीघ्र स्खलनबाट मुक्ति

नियमित हस्तमैथुन गर्ने पुरुषलाई शीघ्र स्खलनको समस्या कम हुन्छ । हस्तमैथुनले शीघ्र स्खलनको समस्याबाट पूर्णरुपमा मुक्ति दिने समेत कतिपय अनुसन्धानकर्ताको दावी छ ।

यो पनि हेर्नुस्

यसरी छोड्न सकिन्छ हस्त मैथुन गर्ने बानी

के हस्त मैथुन गर्नु खराव हो ?