हनिमुन मानिसको जीवनमा निक्कै महत्वपूर्ण समय मानिन्छ । मानिसहरु विवाह हुने भन्ने वित्तिकै हनिमुनको सपनामा डुब्न थाल्छन् । तर अधिकाँश मानिस हनिमुनमा पनि अंघिपछि जस्तै ब्यवहार गर्छन् र हनिमुन नै असफल हुन्छ । यहाँ त्यस्तै १० गल्तीको बारेमा चर्चा गरिएको छ जुन अधिकाँश मानिसले गर्छन् जसको प्रभाव जीवनभरी परिरहन्छ ।

हनिमुनमा गर्नै नहुने १० गल्ती ।

१ कहाँ जाने सोंचेर गर्नुस् निर्णय
हनिमुन मनाउन कहाँ जाने भन्ने कुरा सोंच विचार गरेर गर्नु पर्छ । मौषम अनुसारको ठाउँ हेरेर हनिमुन जानु राम्रो हुन्छ । अन्यता बढी चिसो हुने वा बढी गर्मी हुने जस्ता स्थानमा हनिमुन जाने निर्णय गर्दा रमाइलो भन्दा बढि तनाव हुने खतरा हुन्छ । अलि बढी शाहसिक गतिविधी गर्ने ठाउँमा पनि हनिमुन जानु गलत हुन्छ ।

honeymoon

 

२ फेन्सी ड्रेसबाट बँच्नुस्
विवाहपछि नवविवाहित जोडीसँग धेरै नयाँ कपडा हुन्छन् । खासगरी केटीसँग त धेरै नै फेन्सी ड्रेस हुन्छन् । तर हनिमुनमा यस्ता फेन्सी ड्रेसबाट बँचेकै राम्रो मानिन्छ । कपडाको सुन्दरतामा मात्र ख्याल गर्नु हनिमुनमा महंगो पर्न सक्छ । सकेसम्म आरामदायी कपडा लगाउनुस् ।

३ मोबाइल कम चलाउनुस्
हनिमुनमा मोबाइलको प्रयोग कम भन्दा कम गर्नुस् । सके सम्म ध्यान जीवनसाथीलाई दिनुस् । मोबाइलबाट फेसबुक र अन्य एपहरु चलाउन थाल्नु भो भने तपाइँको हनिमुन सोंचे भन्दा खराव हुन सक्छ । अत्यावश्यक भन्दा बढी फोन पनि नगर्नु राम्रो । फोनमा लामो लामो कुरा गर्ने भूल त गर्दै नगर्नुस् ।

४ अन्य जोडीलाई बढी ध्यान नदिनुस्
हनिमुनका क्रममा तपाइँ जस्तै जोडी भेटिन्छन् । तर यस्तो समयमा अरुकी श्रीमती वा श्रीमानलाई आँखा लाउने भूल नगर्नुस् । यस्तो गर्दा तपाइँहरुबीच नै असमझदारी उत्पान्न हुने खतरा हुन्छ । यदि भैहाल्यो भने चाँही भर्खर मात्र विवाहित भएको कुरा दुवैले बुझ्न जरुरी छ ।

honeymoon 1

५ खर्च जम्मा गरेर हनिमुन
हनिमुन जानु अघि जहिले पनि खर्चको अनुमान गरेको हुनु पर्छ । हनिमुनमा कति खर्च हुन सक्छ वा कति खर्च गर्न सकिन्छ भन्ने कुरा विचार नगर्ने हो भने हनिमुन पीडादायी बन्न सक्छ ।

६ सहज बन्नुस् अभिनय नगर्नुस्
हनिमुन भनेको कामक्रिडामा सबै भन्दा बढी ध्यान दिने समय हो । यस्तो समयमा सके सम्म सहज बन्नुस् र अभिनय नगर्नुस् । कतिपय स्त्रीमा बढी नै लाज मान्ने देखाउन खोज्ने समस्या हुन्छ भने कतिपय पुरुषमा बढी नै खुला । तपाइँ जस्तो हुनु हुन्छ त्यस्तो मात्र बन्नुस् ।

७ बढी प्रयोग नगर्नुस्
हनिमुन पिरियडमा यौन सम्बन्ध राख्दा धेरै आसनको प्रयोग गर्नु हुँदैन । सुनेका कुरा यौन क्रिडामा प्रयोग गरिहाल्ने हतारो हनिमुनमा नगर्नस् । यो शारीरिक भन्दा बढी मानसिक सम्बन्ध स्थापित गर्ने समय हो ।

honeymoon 2

८ फर्फ्युम वा बोडी स्प्रेको प्रयोग
हनिमुनमा एक अर्काप्रति आकर्षण बढोस् भनेर फर्फ्युम र बोडी स्प्रे प्रयोग गर्न सकिन्छ । तर भुल्नै नहुने कुरा के हो भने यस्तो प्रयोग गर्दा सुगन्ध भने पार्टनरलाई मन पर्ने प्रयोग गर्नुस् । कतिपयलाई तिव्र गन्ध मन नपर्न पनि सक्छ ।

९ कोठा राम्रोसँग हेर्नुस्
हनिमुनमा जाँदा होटलमा कोठा खोज्दा सँधै सावधान हुनुस् । तपाइँको निजी गतिविधीलाई कसैले देख्न सक्ने वा लुकेर हेर्न सक्ने सम्भावना छ भने त्यस्तो कोठा कहिल्यै पनि नछान्नुस् । बाथरुम वा झ्यालमा पारदर्शी सिसाको प्रयोग गरिएको छ भने पनि सचेत रहनुहोस् । कतिपय कोठामा सिसीटिभी क्यामेरा समेत राखिएको हुन सक्छ ।

honeymoon 3

१० घर वा अफिसको टेन्सन बोकेर नजानुस्
हनिमुन भनेको एक अर्कालाई बुझ्ने र बुझाउने समय हो । यो समयमा अफिस वा घरको टेन्सन बोकेर नजानुस् । सके सम्म सहज र रिल्याक्स मुडमा जानुस् । हनिमुन जीवनभरका लागि अवस्मरणीय बनाउनुस् ।