हामी सुतेको समयमा पनि हाम्रो दिमाग भने सुतेको हुँदैन । दिमाग ननिदाउने कारणले नै हाम्रो शरीरमा सुतेको समयमा समेत चाल मात्र होइन अनेक अनेक हरकत हुने गर्छन् ।

हामी सुतेको समयमा हात खुट्टा चलाउँछौं । कतिपय अवस्थामा त हात खुट्टा चलेर झट्का नै लाग्छ र जाग्ने अवस्था आउँछ । कहिले काँहि त चोट समेत लाग्न सक्छ ।

sleeping rule 2

तर अहिले सम्म पनि शरीर निधाएको बेलामा चालमा आउने कारणबारे वास्तविक तथ्य आउन सकेको छैन ।

सपनाको दुनियाँ

सामान्यतः हामी सुतेपछि हाम्रो शरीर शिथिल हुन्छ । सपना देखिरहेको समयमा समेत हाम्रा शरीरका मांसपेसीहरु पनि शिथिल हुन्छन् । यतिबेला शरीरमा कुनै जोश रहेको हुँदैन । निदको समयमा हाम्रो भित्री संसार र बाहिरी संसारबीच पुरै अन्तर हुन्छ । तपाइँ सुतेको समयमा आँखा खुला नै भएपनि अलि अलि ठूलो सानो भएको जस्तो देखिएपनि यतिबेला आँखामा बत्ति परे पनि सपनामा कुनै असर पर्दैन ।

दिमागको लडाइ

निदको समयमा समान्यतया आँखाको नानीको चाल अनौठो हुन्छ । आखाको नानीको चाल अनुसार सपनामा असर पर्ने बैज्ञानिक बताउँछन् । आँखाको नानीको चालले नै ब्यक्तिले सपना देखेको र नदेखेको समेत थाहा पाउन सकिने उनीहरुको दावी छ ।

sleeping rule 1

मानिसहरुले एकदम डरलाग्दो सपना देखेको समयमा भने शरीरमा चाल आउने बैज्ञानिकहरुको भनाइ छ । कुनै समस्यामा परेको वा भाग दौडको सपना देखेको समयमा शरीरमा चाल आउने ओच्छ्यानबाट लड्ने सम्म हुन सक्ने बताइन्छ ।

 

यो पनि पढ्नुस् 

ख्याल गर्नुस ! यसरी सुते टुट्न सक्छ श्रीमान श्रीमतीको सम्बन्ध

के तपाईको सुत्ने तरिका ठीक छ?

कम सुत्ने बानी छ र ? दिमाग कमजोर होला नि