१५ माघ, काठमाडौं ।

नेकपा एमालेले सहमतिका लागि वार्तामा आउन एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चालाई फेरी आब्हान गरेको छ । पार्टी कार्यालय बल्खुमा बसेको एमाले स्थाई कमिटि बैठकले आन्दोलनको बाटो छोडेर वार्तामा आउन आब्हान गरेको हो ।

Prachanda Oli

सहमति खोज्नका लागि आफूहरु वार्ता र संवादलाई निरन्तरता दिने पक्षमा रहेको भन्दै नमिलेका विषय छलफलबाटै टुंगिने बताएको हो । जनता अहिले आन्दोलनको पक्षमा नहरेकोले आन्दोलन सफल नहुने भएकाले वार्ता अपरिहार्य रहेको बैठक पछि एमाले वरिष्ठ नेता झलनाथ खनालले बताए ।

तर एमालेले आफूहरुले प्रस्ताव गरेको ७ प्रदेशको प्रसतावबाट भने पछि नहट्ने बताएको छ । प्रदेशको नाम र सिमांकनका बारेमा भने खुल्ला भएर छलफल गर्न र पुर्नविचार गर्न सकिने खनालले बताए ।

कांग्रेस एमाले सहितका सत्तारुढ दलले यसअघि नै संयुक्त बक्तब्य निकालेर माघ ८ मा संविधान बन्न नसक्नुको दोषी माओवादी मोर्चा नै भएको भन्दै वार्ताका लागि आब्हान गरेको थियो । तर माओवादी मोर्चाले भने संविधानसभाका अध्यक्षले विधि र प्रकृया मिचेर चालेको कदम नसच्चिएसम्म वार्तामा नबस्ने अडान राख्दै आएको छ ।

यस्तै एमालेले मुलुकभर खाना पकाउने ग्यासको अभाव भएको भन्दै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।