१५ माघ, अर्घाखाँची ।

अघिल्ला बर्षको तुलनामा यस बर्ष अर्घाखाँचीमा सुन्तला उत्पादनमा बृद्धि भएको छ । गत बर्ष झण्डै सात करोड ५० लाखको सुन्तला उत्पादन भएकोमा यस वर्ष ९ करोड ८० लाखको सुन्तला उत्पादन भएको छ । पणेना, खिदीम पोखराथोक , पटौटी, अर्घातोष, भगवती मरेङ, हंसपुर, खन र खनदह गाविस सुन्तला खेतीका लागि पकेट क्षेत्र मान्न्छिन ।

त्यसै गरि ढिकुरा खा“चीकोट, लगायतका गाविसमा पनि सुन्तला उत्पादन हुने गर्दछ । अघिल्लो बर्ष ४५ सय मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यो बर्ष गएको बर्ष भन्दा ११ सय मेट्रिक टन भन्दा बढि सुन्तला उत्पादन भएको छ ।

suntala 2

 जिल्लामा ५६ सय २९ मेट्रिक टन सुन्तला उत्पादन हुदा ९ करोड ८० लाख रुपैया बराबरको सुन्तला उत्पादन भएको जिल्ला कृषि बिकास कार्यलय अर्घाखाँचीका बरिष्ठ कृषि बिकास अधिकृत योगप्रसाद खरेलले बताए ।

गत वर्ष सात करोड पचास लाख भन्दा बढिको सुन्तला उत्पादन भएको थियो । यहाँ उत्पादित सुन्तला मध्ये २८ सय मेट्रिक टन बुटबल, पाल्पा, कपिलबस्तु, प्युठान, कपिलबस्तु लगायतका जिल्लामा निर्यात भएको छ । २८ सय २९ मेट्रिक टन सुन्तला जिल्लामै खपत हुने गरेको छ ।

suntala 1

 जिल्लामा झण्डै ८ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकोमा ५ सय पचास हेक्टर क्षेत्रफल उत्पादनशिल रहेको कृषि विकास कार्यालयका वरिष्ट कृषि विकास अधिकृत खरेलको भनाइ छ । जिल्ला कृषि बिकास कार्यलय अर्घाखाँचीले कृषकहरुलाइ सुन्तला खेती सम्बन्धि तालिम, नर्सरी ब्यबस्थापन, बगैचा ब्यबस्थापनका साथै औजार, उपकरण र बिरुवा समेत उपलब्ध गराउदै आएको छ ।