एक समयको कुरा हो । बादशाह अकबरको दरबारको बैठक चलेको थियो । दरबारमा ठट्टाको माहोल गुन्जिएको थियो । सबैजना प्रशन्न देखिन्थे, अकबर पनि खशी थिए । तर एउटा कुराले भने अकबरलाई संधै सताइरहन्थ्यो ।

कुरा के भने दरबारमा सबैजना वीरबलसँग धेरै नै जल्ने गर्थे । वीरबलको अगाडि उनीहरुको कुनै कुरा कसैले सुन्दैनथ्यो । यही नै कारणले सबै जना वीरबलको ईर्ष्या गर्थे ।
तर पनि वीरबलको अगाडि उनीहरु बोल्न सक्दैनथे । अकबर भने सधै वीरबलको प्रशंसा गर्थे ।

birbal

जब वीरबल दरबारमा अनुपश्थित हुन्थे तब दरबारीहरु वीरबलप्रति द्वेष र ईर्ष्याका कारण अकबरलाई भड्काउने काम गर्थे । तर अकबरलाई वीरबलको चतर्याई प्रति भरोसा थियो । दरबारमा चलेको ठट्टाको बीचमा अकबरले दरबारियाको परिक्षा लिने मन बनाए । उनले सबै दरबारियालाई शान्त हुन भने र बोलेः ध्यानसँग सुन्नुस्, सबैसँग मेरो एउटा प्रश्न छ, यसको जवाफ दिनु पर्छ । जसले यो प्रश्नको सही जवाफ दिन सक्छ म वीरबलको सट्टा मन्त्री नियुक्त गर्छु ।

अकबर बोलेः सुन्नुस तपाई सबैजना सक्षम हुनुहुन्छ, सबैलाई अवसर मिलेको छ । यसबाट सबै इच्छा पूरा हुन सक्छ ।
यो सुनेर सबै दरबारिया खशी भए ।
अकबर फेरी बोलेः तपाईहरुले यो सावित गर्नुपर्छ कि मानिसले बनाएको कुरा राम्रा छन कि प्राकृतिक कुरा ठीक ।

untitled-3

अकबरको प्रश्न सुन्नेबित्तिकै सबै दरबारिया सोचमा डुबे । अकबरले उनीहरुलाई एक हप्ताको समय दिए र भने आउने हप्ता जब दरबार लाग्नेछ तब आफ्नो कुरालाई साबित गर्नुपर्नेछ ।

यसपछि सबै आफ्नो घर तिर लागे । सबै यही सोचमा लागेका थिए कि सबैभन्दा राम्रो कसरी सावित हुने । तर सबैमा यस्तो चतुर्याई थिएन जति वीरबलमा थियो ।

दरबारिया कसैले पनि यस प्रश्नको जवाफ सोच्न सकेका थिएनन् । तोकिएको समयमा बैठक शुरु भयो, सबै आफ्नो आफ्नो ठाउँमा बसे । वीरबल भने सबैभन्दा पहिला नै आफ्नो ठाउँमा बसेका थिए ।

अब राजा अकबरले सबैसँग एक-एक गरेर प्रश्नको जवाफ सोध्न थाले । तर सबै दरबारियाहरु आफ्नो टाउको निहुर्याएर बस्न थाले । यो देखेर अकबरले वीरबललाई यही प्रश्न सोधे । वीरबलले आफ्नो चतुर्याईको उपयोग गर्दै भने, यसमा कुन ठूलो कुरा छ र ? यसको जवाफ धेरै नै सजिलो छ भन्दै आफ्नो कुर्सीबाट उठेर बाहिर गए । यो देखेर दरबारिया कानेखूशी गर्न थाले ।

एक दरबारिया बोले, लौ यो के हो ? वीरबल अकबरको जवाफ दिनुको सट्टा उठेर बाहिर पो गए त । अकबर भने आरामका साथ आफ्नो सिंहासनमा वीरबलको प्रतिक्षा गर्दै बसिरहेका थिए ।

त्यति नै बेला एक कलाकार ढुंगाबाट बनेको फुलको गुच्छा लिएर आए र राजालाई दिएर जान लागे । राजाले फुलको गुच्छा हातमा लिएर त्यसको सुन्दरता देखेर धेरै नै प्रशंसा गरे र आफ्नो मन्त्रीलाई कलाकारलाई एक हजार स्वर्ण मुद्रा दिएर पठाउन आदेश दिए ।

akbar

इनाम लिएर कलाकार खूशी हुँदै बाहिर गए । त्यति नै बेला अकबरको बगैचाको माली आए र राजालाई एक फुलको गुच्छा दिए । सुन्दर फुलको गुच्छालाई देखेर अकबर तारिफ नगरी बस्न सकेनन् र मन्त्रीलाई यो आदेश दिए कि मालीलाई दुई सय चाँदीको मुद्रा इनाम स्वरुप दिनु भने ।

यसपछि राजाले वीरबललाई बोलाए । पहिला त राजा अकबर वीरबलसँग धेरै नै रिसाएका थिए र सोच्न थाले सायद सबै दरबारियाले सही नै भनेका थिए । मैले तिमीलाई धेरै नै छुट दिएकोले तिमी बिचमा नै राजदरबार छोडेर गयौं, मेरो जवाफ पनि दिएनौं ।

यो सुनेर वीरबल राजालाई नमस्कार गर्दै बोल्न थाले । हजुर तपाईले केही भुल्दै हुनुहुन्छ । अहिले आएका दुई जना कलाकारलाई पठाउनको लागि नै म बाहिर गएको थिए । तर तपाईले यो कस्तो न्याय गर्नुभयो ? एकलाई एक हजार स्वर्ण मुद्रा र अर्कोलाई भने जम्मा दुई सय चाँदीको सिक्का ।

अकबरले जबाफ दिए, असली फुलको गुच्छा त दुई दिनमै मर्छ र यो ढुंगाबाट बनेको फुलगुच्छा कहिल्यै पनि खराब हुँदैन ।

untitled-4

यसपछि वीरबलले भनेः यसो हो भने तपाईले यो मान्नु भयो कि मानिसबाट निर्मित बस्तु प्रकृतिद्वारा निर्मित बस्तु भन्दा धेरै राम्रो हुन्छ । यो सुनेर अकबरको बोली नै बन्द भयो । उनी वीरबलको चतुर्याई देखेर मनमनै मुस्काए र आफ्नो सिंहासनमा बसे ।

अकबरले फेरि वीरबललाई खुल्ला मनले तारिफ गरे । सबै दरबारिया भने आफ्नो शीर झुकाएर बसेका थिए । वीरबल भने आफ्नो चतुर्याई देखाउन सफल भए ।