१७ माघ, गौशाला । 

मोटरसाइकल दुर्घटनामा परी गएराति महोत्तरीको बर्दिबास नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–२ की उर्मिला बराकोटी रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

आफ्ना पति अमरबहादुर रानामगर र आफन्त टीका पुलामीसँगै गएराति ज३प २५१८ नम्बरको मोटरसाइकलमा सिन्धुलीबाट बर्दिबास आइरहेको क्रममा बर्दिबास–५ स्थित घुम्तीमा मोटरसाइकल दुर्घटना हुँदा उर्मिलाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले बताए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मृतकका पति र टीकाको बर्दिबास अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।