एजेन्सी ।

के तपाइँलाई यस्तो अवस्था आइलागेको छ जहाँ तपाइँको मैत्रीपूर्ण ब्यवहारलाई सेक्सको चाहाना ब्यक्त गरेकोरुपमा बुझिएको होस् ? अधिकाँश मानिस यस्तो समस्याबाट गुज्रिएका हुन्छन् ।

love birds

हालै गरिएको एक अध्यनले यस्तो मानसिकताका विषयमा अनौठो तथ्य बाहिर ल्याएको छ । अध्यनका क्रममा अधिकाँश महिलाहरुले आफूले देखाएको मिजासलाई पुरुष साथीहरुले सेक्सका लागि गरेको ब्यवहार जस्तो ठानेको बुझ्छन् भने पुरुषलाई लाग्छ कि उनीहरुको सेक्सको इच्छालाई महिलाहरुले मित्रता बुझ्छन् ।

नर्वे विज्ञान एवं प्रौद्योगिक विश्वविद्यालय (एनटीएनयू)का शोधकर्ता मोन्स बेन्डिक्जेनले आफूहरुले गरेको अध्यनको निष्कर्ष अनौठो भएको बताए ।

शोधकर्ताहरुले १८ वर्ष देखि ३० वर्षबीचका ३०८ जना सहभागीबीच गरेको अध्यनमा विपरित लिङ्गीहरुको भावको सँधै गलत अर्थ लाग्ने गरेको तथ्य फेला पारेका हुन् ।

करिव ६० प्रतिशत महिला सहभागी उक्त शोधका क्रममा यस्तो तथ्य पत्ता लागेको हो ।

शोध पत्रिका ‘इभोल्यूशनरी साइकोलजी’ मा प्रकाशित शोधका अनुसार सहभागी महिलाहरुले आफूले राम्रो ब्यवहार गर्ने वित्तिकै पुरुषहरुले सेक्सका लागि नजिकिएको बुझ्ने गरेको गुनासो गरे ।

पुरुषहरुले महिला साथि राम्रोसँग हाँस्दा वा बोल्दा समेत सेक्सका लागि अपिल गरेको बुझ्ने गरेको समेत महिलाहरुले बताए । छोटो अवधिमा कुनै महिला विभिन्न पुरुष साथीसँग यौन सम्पर्क राख्न सक्ने तर पुरुषका लागि त्यसो गर्दा गर्नु एक अवसर मात्र हुने भएका कारण पनि पुरुषमा यस्तो चरित्र देखिएको शोधकर्ताहरुको भनाइ छ ।

love birds 2

महिलाहरुलाई गर्भवती हुने डर मनमा रहिरहने तर पुरुषहरु भने रमाइलोकोरुपमा सेक्सलाई लिनेकारणले महिलाहरुको हरेक ब्यवहारलाई उनीहरुले सेक्स अपिलकोरुपमा बुझ्ने अध्यनको निष्कर्ष छ ।

यो पनि हेर्नुस्

अनुभवी पुरुष चाहन्छन् महिला

प्रत्येक महिला पछुताउने ७ कुरा

विवाहित सँग गोप्य सम्बन्ध राख्न नहुने ४ कारण