हालै गरिएको एक अध्यनले महिलाको प्रजनन क्षमता सम्बन्धी अनौठो तथ्य सार्वजनिक गरेको छ । डेली मेलको अनलाइन संस्करणमा प्रकाशित एक रिपोर्टका अनुसार बढी मेकअप गर्ने महिलालाई सन्तान उत्पादनमा समस्या हुने देखाएको छ ।

मेकअपका प्रसाधनमा हुने रसायनका कारण महिलालाई प्रजननमा समस्या हुने शोधको दावी छ ।

make up 1

कस्मेटिक मात्र नभएर शौचालयमा प्रयोग हुने रसायन र अन्य प्याकेजका खानेकुराले समेत प्रजनन् क्षमतामा प्रतिकुल असर पार्ने शोधकर्ताहरुले बताएका छन् ।

शोधकर्ताहरुले ३१ हजार ५ सय ७५ महिलामाथि यो अध्यन गरेका थिए । जसमा १ सय ११ प्रकारका रसायनले गर्ने असरबारे अध्यन गरिएको थियो ।

make up

अध्यनका क्रममा लिपिष्टिक, नङ लगाउने पालिस हटाउने रसायन, बडी वास, हेयर केयर प्रसाधन लगायतका रसायनले प्रजननमा असर पार्ने पाइएको रिपोर्टमा उल्लेख छ ।

यो शोध पीएलओएस वन जर्नलमा प्रकाशित छ ।

यो पनि हेर्नुस्

रातो लिपिष्टिक लगाउने र हाकिमसँग जिस्किने महिलालाई छिटो प्रमोसन

कसरी आकर्षित हुन्छन् महिला पुरूषसँग...