बैबाहिक जीवनमा असन्तुष्ट महिला र पुरुष विवाहेत्तरका सम्बन्धमा संलग्न हुन्छन् । शुरुमा राम्रा देखिने बैबाहिक सम्बन्धमा पनि विस्तारै समस्या आउन शुरु हुन्छन् ।

पुरुषहरु विवाहेत्तरको सम्बन्धमा लाग्ने केही कारण बारे यहाँ चर्चा गरिएको छ । 

cheating men

१ घर झगडाः

जव पति पत्निको सम्बन्धमा समस्या आउँछ त्यसपछि घरमा झगडाको विउ पनि रोपिन्छ । निरन्तर झगडा हुन थालेपछि पुरुषहरु बैकल्पिक महिला साथीको खोजिमा निस्कन्छन् । झगडाको समाधान खोज्न भन्दा विकल्प खोज्न पुरुषहरु हतार गर्छन् ।

 

दिक्क लाग्दो एकानासे पनः

विवाहपछि जोडीहरु शुरुमा त निक्कै फ्रेस हुन्छन् । तर विस्तारै उनीहरुबीचको सम्बन्धमा नयाँ पन हराउँदै जान्छ । एक अर्कालाई दिक्क लाग्ने टाढा टाढा हुने समस्या शुरु भएपछि पुरुषहरु अन्य स्त्रीसँग नजिकिन थाल्छन् । अधिकाँश परस्त्री गमन गर्ने पुरुषको भनाइ दिक्क लागेको भन्ने हुन्छ ।

 

यौनमा नयाँ प्रयोग गर्न चाहनेः

श्रीमतीलाई धोका दिएर परस्त्री गमन गर्ने पुरुषहरुमा सेक्स एडभन्चरको चाहाना हुन्छ । उनीहरु सेक्समा अनेक प्रयोग गर्न चाहन्छन् । सँधै श्रीमतिसँग मात्र यौन सम्बन्ध राख्दा उनीहरुलाई सन्तुष्टी दिँदैन । अनि परस्त्रीहरुको खोजीमा निस्कन्छन् । यस्ता पुरुषमा आफू यौनिकरुपमा शक्तिशाली भएको भ्रम पनि हुन्छ ।

भावनात्मकरुपमा असन्तुष्टीः

अधिकाँश परस्त्री गमन गर्ने पुरुष भावनात्करुपमा श्रीमतिसँग असन्तुष्ट हुन्छन् । उनीहरुलाई श्रीमति आफूलाई भन्दा पनि केटाकेटीलाई खुवाउन वा कपडा धुन र भाँडा माझ्न मात्र ब्यस्त भएको जस्तो लागंछ । अनि उनीहरु भावनात्मक साथी खोज्दै बाहिर निस्क्न्छन् । तर श्रीमतिलाई पनि त्यस्तै असन्तुष्टी होला भन्ने कुरा उनीहरु सोंच्दैनन् ।

 

girl-cheating
बाबु आमाको बानीः

कतिपय केटाहरुले बच्चै देखि आमा बाबुले एक अर्कालाई झुट बोलेको वा धोका दिएको देखेका हुन्छन् । अनि त्यस्तो कुरा आफूले गरे पनि खास फरक पर्दैन भन्ने भान उनीहरुलाई पर्छ । यो भावना बलियो हुँदै गएपछि उनीहरुले श्रीमतीलाई धोका दिन्छन् । तर यस्ता पुरुषको सम्बन्ध कुनै पनि स्त्रीसँग दिगो हुँदैन ।

 

श्रीमति पनि धोकेवाजः

अधिकाँश परस्त्री गमन गर्ने पुरुषका श्रीमतिले पनि बैकल्पिक साथी खोजेका हुन्छन् । आफ्नी स्त्रीले यस्तो सम्बन्ध राखेको थाहा पाए पुरुषहरु झन् बढी यस्ता ब्यवहारमा उद्द हुन्छन् । स्त्रीहरु गलत गरेको स्वीकार गर्न तयार भएपनि पुरुषले कहिल्यै पनि यस्तो कुरा स्वीकार गर्दैनन् ।

पारपाचुकेको मनस्थितिः

अधिकाँश पुरष जो बैबाहिक जीवनमा असन्तुष्ट भएपछि पारपाचुके गर्ने निष्कर्षमा पुगेपनि भनि हाल्न सक्दैनन् । अनि उनीहरु यस्ता अनैतिक सम्बन्धमा आउँछन् । कतिपयले यस्तो ब्यवहारले पारपाचुके गर्न सहज हुने ठानेर निरन्तरता दिने वा नयाँ नयाँ सम्बन्ध बनाउने समेत गर्छन् ।

आवश्यक नभएको अनुभवः

जव पुरुषले आफ्नी श्रीमतिले आफूलाई खोज्दिने वा आफू नभएपनि मतलव गर्दिन भन्ने अनुभव गर्छन् उनीहरु अनैतिक सम्बन्धतिर आकर्षित हुन्छन् । मेरो आवश्यक्ता छैन भन्ने लागेपछि उनीहरुले बैकल्पिक स्त्री साथी बनाउने गरेको मनोविज्ञहरुको भनाइ छ ।