जो कसैलाई पनि अपरिचित भन्दा परिचित ब्यक्तिसँग ब्यवहार गर्न सहज हुन्छ । तर सबै मान्छेलाई शुरुमै चिन्न त कठिन हुन्छ ।

तर ज्योतिष शास्त्र अनुसार मानिसको ब्यक्तित्व उनीहरुको ओंठ हेरेर थाहा पाउन सकिन्छ । मुस्कान सबैभन्दा राम्रो अभिवादन हो तर यो मुस्कानको समयमा ओंठको अध्यन गर्न सकियो भने उनीहरुको स्वभाव समेत थाहा पाउन सकिने ज्योतिष शास्त्रीहरुको भनाइ छ ।

lips tips

आउनुस् जानौं कस्तो ओंठ हुने ब्यक्तिको स्वभाव कस्तो हुन्छ भनेर ।

मोटा ओंठः
जुन् ब्यक्तिको ओंठ अत्याधिक मोटा हुन्छन् त्यस्ता ब्यक्ति क्रोधी स्वभावका हुन्छन् । यस्ता ब्यक्तिलाई साना साना कुरामा पनि रिस उठ्छ र उनीहरुको रिसले कुनै कुनै समयमा तै समस्या नै खडा गरिदिन्छ । यस्ता ब्यक्ति भावनाप्रदान र जिद्धी हुन्छन् ।

रसिक ओंठः

रातो रंगका चिल्ला र कलात्मक ओंठ हुने ब्यक्ति देख्दा सुन्दर त हुन्छन् नै कला प्रिय र मृदुल स्वभावका हुन्छन् । यस्ता ब्यक्तिले घर समाजमा मान सम्मान पाउँछन् र जीवनमा उपलब्धी पनि हासिल गर्छन् ।

गुलाबी ओंठः
गुलावी रंगका ओंठ हुने ब्यक्ति ब्यवहारमा कुशल उदार र बुद्धिमान हुन्छन् । यस्ता ब्यक्तिले आफ्नो क्षमताको बलमा सबैलाई मोहित तुल्याउँछन् । यिनीहरुका मित्र पनि धेरै हुन्छन् ।

lips tips 1

उठेका ओंठः 
कतिपय ब्यक्तिका ओंठ अलि उठेका हुन्छन् । यसरी ओंठ उठेका ब्यक्तिहरु डरपोक हुन्छन् । यिनीहरुलाई कठिन परिस्थिती सम्हाल्न निक्कै कठिन हुन्छ ।

तलपट्टी धसिएका ओंठः 
कतिपयका ओंठ तलपट्टी धसिएका हुन्छन् । यसरी तल पट्टी फर्केका ओंठ हुनेहरुको स्वभाव रहस्यमयी हुन्छ । यनीहरुको मनमा के चलिरहेको हुन्छ बुझ्न सँधै कठिन हुन्छ । यिनीहरु निक्कै राम्रा योजनाकार हुन्छन् र योजना भने कसैलाई पनि भन्दैनन् ।

ठूला ओंठः 
ठूला ओंठ हुने ब्यक्ति शौखिन हुन्छन् । उनीहरुलाई विभिन्न प्रकारका खाना खाने शोख हुन्छ । छिट्टै रिसाउने यस्ता ब्यक्ति छिट्टै सामान्य अवस्थामा पनि आइहाल्छन् ।

lips tips 2

संकुचित ओंठः 
कतिपय ब्यक्तिको ओंठ निक्को पातला हुन्छन् । पातला र रंगविहिन ओंठ हुनेहरु अलि बढी आडम्बरी स्वभावका हुन्छन् । यद्यपी उनीहरु अन्य ब्यक्तिमा आफ्नो प्रभाव कायम राख्न नि सफल हुन्छन् ।

ओंठमा कोठीः
कतिपयको ओंठमा कोठी हुन्छ । यस्ता ब्यक्ति कामुक स्वभावका हुन्छन् र उनीहरुको मनमा हरदम कामुक विचार चलिरहेका हुन्छन् । उनीहरुमा विपरित लिङ्गीलाई प्रभावित गर्ने क्षमता पनि प्रवल हुन्छ ।ओंठको तल्लोभागमा कोठी हुनेहरुले कठिन परीश्रम गर्छन् किन भने यिनीहरुलाई सहजै आम्दानी हुन सक्दैन ।

lips shape

नोटः कहिले काँहि तपाइँका आँखा जस्तै ओंठ पनि फर्फराउने हुन्छ । ओंठ फर्फरायो भने चाँहि कुनै प्रिय बस्तु पाउन सकिने हुन्छ ।