२१ माघ,काठमाडौं।

राजधानीको नयाँ बानेश्वर स्थित ग्लोवल आईएमई वैकबाट रकम झिकेर बाहिरिदै गर्दा १८ लाख रुपियाँ लुटपाट भएको छ । वैकबाट पैसा झिकेर वैकको पार्किङमा राखिएको स्कुटर चढ्ने क्रममा २ जना अपरिचित ब्यक्तिले सरस्वती आचार्यको झोला लुटेको प्रहरीले जनाएको छ ।

GLOBAL-IME-BANK copy

 

 

लुटेराका खोजी कार्य तिव्र बनाइएको महानगरीय प्रहरी आयुक्तका कार्यालयका प्रवक्ता नारायणसिंह खड्काले जानकारी दिए । आचार्य सिनामगंलमा आइएमई सञ्चालन गदै आएको प्रहरी को भनाई छ । दिनदहाडै पैसा लुटीएपछि राजधानीमा सुरक्षा ब्यवस्था माथी समेत प्रश्न चिह्न खडा भएको छ ।।