यदि तपाइँलाई कुनै केटी मन पर्छ र तपाइँ उनलाई आफ्नो मनको कुरा भन्न सक्नु भएको छैन भने ५ कुरा सँधै याद राख्नुस् ।

१ सिधा नजर
कुनै पनि केटीलाई मन पराउनु हुन्छ र उनलाई भन्न सक्नु भएको छैन भने आइ कन्ट्याक्टमा सँधै ध्यान दिनुस् । तपाइँको बोलीले भन्दा आँखाले बढी कुरा बोल्छ । जव तपाइँ आफ्नी सपनाकी राजकुमारीसँग हुनु हुन्छ एककोहोरो नहेर्नुस् तर सके सम्म धेरै उनको आँखामा आँखा राखेर कुरा गर्नुस् ।

making a gf 1

 

२ ब्यवहार
यदि तपाइँ कुनै पनि केटीसँग शुरुमै रुखो ब्यवहार गर्नु भो भने दुरी बढ्न सक्छ । शुरुवाती भेटघाटमा सके सम्म हार्दिक र हाँसमुखरुपमा प्रस्तुत हुनुस् ।
तर चाहिने भन्दा बढी हाँस्नु भो भने पनि तपाइँको मूल्याङ्कन विपरित हुन सक्छ ।

३ आत्म विश्वास
कुनै पनि केटीसँग नजिक हुँदा सबै भन्दा महत्वपूर्ण आत्मविश्वास हुन्छ । कुनै पनि केटीको पछि लाग्दै हुनु हुन्छ भने छिटो धैर्यता नगुमाउनुस् । जव सम्म ठोस कारणले टाढिनु पर्ने अवस्था आउँदैन तव सम्म मनमा आत्म विश्वास कायम राख्नुस् ।

४ ख्याल गर्नुस्

कुनै पनि मानिससँग सम्बन्धमा आउनु भनेको अरुको ख्याल गर्ने र आफ्नो ख्याल गराउने सम्बन्ध विकाश गर्नु पनि हो । हामी कहिले काँही हाम्रै जीवनका कतिपय विषयमा यति धेरै अल्झिरहेका हुन्छौं कि अरुको ख्याल गर्न विर्सिन्छौं । तर सम्बन्ध बनाउन अरुको बढी ख्याल गर्नु महत्वपूर्ण हुन्छ ।

making a gf

५ समय दिनुस्
कुनै पनि केटीलाई आफ्नो जीवनमा ल्याउन चाहनु हुन्छ भने तपाइँ आफ्ना कुरा मात्र नसुनाउनुस् । उनका कुरा पनि सुन्नुस् । दोहोरो बातचितले मात्र सम्बन्ध बन्न सक्छ । आफ्नो बारेमा बुझाउने भन्दा अरुको बारेमा जान्न खोज्नुस् ।

यो पनि हेर्नुस्

गर्ल फ्रेण्ड छैन ? यसो गर्नुस्

एक्लै हुँदा केटीले के गर्छन् (भिडियो सहित)

केटाको नजिक हुन केटीले गर्ने ६ गल्ती