एजेन्सी ।

यदि तपाइँ पनि फेसबुक नचलाइ बस्नै सक्नु हुन्न भने तपाइँका लागि दुःखको खवर छ । तपाइँका लागि साथीभाइ र इष्टमित्र सबैसँग नजिक बनाउन निक्कै प्रभावकारी सावित यो सामाजिक सञ्जाल तपाइँलाई निराश पार्ने कारण पनि बन्न सक्ने एक अध्यनले देखाएको छ ।

facebook-girl

तर यो कुरा तपाइँले फेसबुक कसरी चलाउनु हुन्छ त्यसमा निर्भर रहने छ । खासमा अरुको पोष्टमा कति प्रतिक्रिया दिनु हुन्छ भन्ने कुरा अझै महत्वपूर्ण हुन सक्छ ।

अमेरिकाको मिसौरी युनिभर्सिटीका शोधकर्ताहरुले गरेको एक अध्यनका क्रममा यस्तो तथ्य बाहिर आएको हो । जर्नल अफ कम्प्युटर्स इन ह्युमन विहेवियरमा यो अध्यन प्रकाशित भएको छ । फेसबुक चलाउँदा यसबाट तपाइँको मनमा पैदा हुने भावनाले निरासा वा उदासी पैदा गर्न ठूलो भूमिका खेल्न सक्ने अध्यन कर्ताहरुको भनाइ छ ।

facebook symbol pic

मिसौरी युनिभर्सिटीको कोलम्बिया स्कुल अफ जर्नालिज्ममा सामरिक सञ्चारका प्रमुख प्रोफेसर मार्गरेट डफीको नेतृत्वमा भएको यो अध्यनमा फेसबुकका पोष्टहरुमा आएका प्रतिक्रिया पढ्ने र प्रतिक्रिया दिनेहरुमा उदासी बढ्ने गरेको तथ्य बाहिर आएको हो ।

तर सम्बन्धका लागि फेसबुक चलाउनेहरुमा भने यस्तो समस्या नआउने शोधकर्ताको भनाइ छ ।

यो पनि हेर्नुस्

फेसबुकमा कसैलाई अनफ्रेण्ड गर्नु अघि यो पढ्नुस..

फेसबुक प्रयोग गर्न छोड्नै पर्ने ६ कारण