चीनको आर्थिक प्रगती दुनियाँबाट लुकेको छैन् । चीनले जति प्रगती आर्थिक क्षेत्रमा गरेको छ त्यस्तै प्रगती सामरिक क्षेत्रमा पनि गरेको छ। आधुनिक युद्ध लड्नका लागि चाहिने सम्पुर्ण आधुनिक हतियार चीनले विकास गरिसकेको छ। जमिन, पानी र हावा तीनै क्षेत्रमा चिनियाँ सेना निकै सक्षम पनि बनिसकेको छ।

चीनले आणविक हतियार देखि अन्तरिक्षमा समेत चीनको उपस्थिति निकै बलियो मानिएको छ। चिनियाँ साइबर आक्रमणबाट हैरान भएको अमेरिकाले बेलाबखत आरोप लगाउने गरेको छ।

करिब २३ लाख भिमकाय सेना भएको चीनले रक्षा बजेटमा पनि १२ प्रतिशत वृद्धि गरेको छ। पश्चिमा मिडियाहरुले १२ प्रतिशत वृद्धि त देखाउनका लागि मात्रै भएको र वास्तविकतामा चीनले कयौं गुणाले बजेट वृद्धी गरेको आरोप लगाउने गरेका छन्

यसै प्रसंगका चीनसंग रहेका १० घातक हतियार यहाँ प्रस्तुत गरिएको छ।

न्यु-टाइप जे-२०

1

ह्याण्डसम फाइटरको नाम दिइएको यो न्यु-टाइप जे-२० बिमान चिनले २०१४ मार्च २ मा सार्वजनिक गरेको थियो।

सेन्याङ्ग जे-३१

2
सेन्याङ्ग जे-३१ लाइ, ग्रिफाल्कन वा फाल्कन हक नामबाट पनि चिन्छन मिलेटरिका फ्यानहरु। यो फाइटर बिमानमा दुइवटा इन्जिन छन्। सेन्याङ्ग एयरक्राफ्ट कर्पोरेसन ले बनाएको यो बिमान १७ मिटर लामो छ र १२ मिटर चौडा छ यस्को पखेँटा।

जेडटीजेड-९९ 

3

जेडटीजेड-९९ र डब्लुजेड-१२३ नामबाट पनि चिनिने यो ट्याङक ८० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्नसक्छ। यसमा १२५mm स्मुथबोर गन र टाइप ८५ हेभि मेसिन गन सहित १२०० हर्सपावर को इन्जिन छ। ११ मिटर लम्बाइ, ३.५ मिटर चौडा र २.३७ मिटर उचाइको यो ट्याङ्कमा ३ जना बस्न मिल्छ।

जे-११

4

सेन्याङ्ग जे-११ गौन्डोङ एयरक्राफ्ट कर्पोरेसनले बनाएको हो। १ जना पाइलट सहितको यो फाइटर प्लेन २१.९ मिटर लामो छ। पखेटा १४.७ मिटर चौडा छ अनि यसको उचाइ ५.९२ मिटर छ। ९,४०० किलो ग्रामसम्मको फ्युल बोक्नसक्ने यो प्लेनले ३३,००० किलो सम्मको तौल बोकेर उड्नसक्छ।

टाइप ९६ ट्याङ्क

5

टाइप ९६ ट्याङ्क ४२.८ टनको छ। ३ जना सम्म बसेर चलाउन मिल्ने यो ट्याङ्क ७८० हर्सपावरको छ। ६५ किलोमिटर प्रति घण्टासम्मको गतिमा जान सक्छ यो ट्याङ्क। १२५mm स्मुदबोर गन जुन एटिजिम फायर गर्न पनि सक्छ, अनि ७.६२mm कोएक्सजिएल मेसिनगनले यो ट्याङ्कलाइ शक्तिशाली बनाएको छ।

कुआइजावो रकेट लन्चर

6

छिटो गतिमा लञ्च गर्न सक्ने यो लञ्चर चीनले स्याटेलाइट लञ्च गर्नमा प्रयोग गरिरहेको छ। चीनले बिभिन्न क्षेत्रका क्रियाकलाप मनिटर गर्न यस्ता स्याटेलाइटहरु लञ्च गर्ने गर्दछ, जसले चीनलाइ अन्तरिक्षमा शक्तिशाली बनाउदै छ।

जे-७

7
चेङ्दु एयरक्राफ्ट कर्पोरेसन र गुइजोउ एयरक्राफ्टले बनाएको यो प्लेन अहिले प्रयोगमा खासै नभएपनि यो प्लेनलाइ नै परिमार्जित गरि अन्य मोडलका प्लेनहरु बनाइएका छन।
१ जनाले चलाउन मिल्ने यो प्लेनको लम्बाइ १४.८८५ मिटर लामो छ। यसको पखेँटा ८.३२ मिटर चौडा छ अनि यो २,२०० किलोमिटर प्रति घण्टा उड्नसक्छ।

स्ट्याट्रेजिक गन

8

तत्कालिन समयको युद्धको लागि चीनसंग अत्याधुनिक मेसिन गन, गन तथा अन्य बारुदी उपकरणहरु छन, जसले चीनलाइ शक्तिशाली बनाउनुको साथै अहिले प्रविधिसंग पनि ट्याकल गर्न मद्धत गर्छ।

न्यु टाइप माउन्टेन ट्याङ्क

9

३५ किलोमिटर प्रति घण्टासम्मको गतिम गुड्न सक्ने यो ट्याङ्क ७.६ मिटर लम्बाइको छ। १०५mm एल७ राइफल्ड गन सहितको यो ट्याङ्कमा ६५० हर्सपावरको इन्जिन छ।

लियावनिङ एयरक्राफ्ट

10
३०४.५ मिटर लामो यो एयरक्राफ्ट क्यारियरले ६७,००० टनसम्मको लोडसम्मको तौल क्यारी गर्नसक्छ। ५९ किलोमिटर प्रतिघण्टा गतिमा पानीमा कुद्नसक्ने यो क्यारियरले प्लेन तथा मानिस बोक्न सक्छ।