टुथपेष्ट अर्थात दन्त मञ्जनः दन्त मञ्जन हामीले दैनिक जीवनमा प्रयोग गर्ने सामान्य बस्तु हो । तर तपाइँलाई थाहा नहुन सक्छ हामीले केवल दैनिक दाँत माझ्न मात्र प्रयोग गर्ने यो मञ्जनको प्रयोग अन्य विभिन्न काममा समेत गर्न सकिन्छ भनेर ।

दन्त मञ्जनमा रहेको पदार्थले हाम्रो दाँत मात्र होइन अन्य स्वास्थ्य समस्यालाई पनि निको पार्न सक्छ । दन्त मञ्जनका १० प्रयोगः

१ अनुहारमा डण्डीफोर तथा अन्य समस्या समाधानका लागि दन्तमन्जन प्रयोग गर्न सकिन्छ । रातिमा अनुहारमा दन्त मञ्जन लगाएर सुत्ने र विहान उठेर धुने गर्दा डण्डीफोर लगायत अन्य अनुहारका समस्या समाधान हुन्छ ।

२ नङ सफा पार्न र बलियो बनाउनका लागि पनि दन्तमञ्जन उपयोगी हुन सक्छ । यसले नङलाई चम्किलो र बलियो पार्छ ।

toothpaste 1

३ पोलेर फोका उठेको ठाउँमा दन्तमञ्जन लगाउँदा तत्कालका लागि दुख्न कम हुने मात्र होइन निको पनि गराउँछ ।

४ लामो समय देखि सन्चो नभएको घाउमा पनि मन्जन लगाउँदा छोंटो समयमै निको हुन्छ । यसरी मन्जन लगाउनु अघि घाउ भने सफा गर्नु पर्छ ।

toothpaste

५ कपडामा लागेको दाग हटाउन समेत दन्तमन्जन प्रयोग गर्न सकिन्छ । दाग लागेको कपडामा अलिकति दन्तमन्जन राख्नुस् र केहीबेर रगड्नुस् । केही बेर यस्तो गर्दा दाग हट्छ ।

६ बच्चाको दुध खाने बोटल सफा गर्न र अन्य गन्ध हटाउनका लागि पनि दन्तमन्जन काम लाग्छ । कुनै पनि बोटलमा अलिकति दन्तमन्जन राख्नुस् र केही बेर पानी राखेर बेसरी हल्लाउनुस् । यसो गर्दा यसमा भएको गन्ध हट्छ ।

७ आइरनमा रहेको फोहोर हटाउन पनि दन्तमन्जनको प्रयोग गर्न सकिन्छ । आइरनमा कुनै बस्तु टाँसिएर दाग बसेको छ वा उठेको भाग बनेको छ भने दन्तमन्जन राखेर सफा गर्नुस् ।

८ चाँदीका गहना सफा गर्नका लागि पनि दन्तमन्जन उपयोगी हुन सक्छ । मैलो भएका चाँदीका गहना वा भाँडामा दन्तमन्जन लगाइदिनुस् र एक रात त्यसै राख्नुस् अर्को दिन विहान सफा गर्नुस् ।

९ तपाइँको हातबाट भान्साको गन्ध हटाउन र खानाको गन्ध हटाउन पनि दन्तमन्जनले धुन सकिन्छ । दन्तमन्जनले हात धुनुस गन्ध हट्छ ।

toothpaste 2

१० तपाइँको पुरानो र मैलो देखिने जुत्ता पनि दन्तमन्जनले सफा र नयाँ पारिदिन सक्छ । पुरानो देखिने मैलो जुतामा अलिकति दन्तमन्जन लगाउनुस् र केहीबेर ब्रसले सफा गर्नुस् । तपाइँको जुत्ता नयाँ जस्तै देखिन्छ ।

यो पनि हेर्नुस्

तपाइँलाई थाहा नहुन सक्छ कागती पानीको यो जादु